Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलङ्काका पूर्व प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan

कोलम्बो, श्रीलङ्का, १८ मङ्सिर (रासस÷एएफपी) ः श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिनुभएको छ ।

रनिल विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत गरी यहाँको प्रधानमन्त्रीको सरकारी कार्यालयबाटै आएको हो । प्रधानमन्त्रीबाट बर्खास्त गरिएपनि उहाँले आफु यहाँको संसदले चुनेको प्रधानमन्त्री भएको दावी गर्दै सरकारी निवास भने छोड्न मान्नुभएको छैन ।
विक्रमासिङ्गेले भन्नुभयो, “मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।”
“मैले राष्ट्रपतिलाई संविधानलाई मिचेर हिटलरजस्तो नबन्न आग्रह गरेको छु । हामीले उहाँलाई संबिधान मिचेर अघि बढ्न दिने छैनौँ ।”
राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई वर्खास्त गरी पूर्व राष्ट्रपतिसमेत रहेका महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गर्नुभएपनि उहाँको पक्षमा संसदमा बहुमत नहुँदा प्रधानमन्त्रीका रूपमा काम गर्न सक्नुभएको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan