Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस कारण स्ट्राइकर विमल घर्तिमगर बेल्जियम जाँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan

मंसिर १९, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायल दिन बुधबार बेल्जियम जाने भएका छन् ।

च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेलिरहेका विमलले बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् ।

मंगलबार बिमलले फेसबुकबाट च्यासल युथ क्लबका सबै खेलाडी तथा अफिसियललाई धन्यवाद दिदै सोचेअनुरुपको नतिजा ननिस्किएपनि आफ्नो डेब्यु ए डिभिजन लिगमा रमाइलो गरेको उल्लेख गर्दै आगामी दिनमा च्यासललाई राम्रो नतिजाका लागि शुभकामना दिएका छन् ।

विमल यसअघि नै बेल्जियम जाने तय भएपनि प्राविधिक कारण रोकिएको थियो । उनले यसअघि पनि बेल्जियमको एन्डरलेच्डबाट ट्रायल दिएका थिए । समाचार राजधानी दैनिकमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan