Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका गुन्जनको 'माया कस्तो लाए' सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आएकी गायिका गायिका गुन्जन उपाध्यायको ‘माया कस्तो लाए’ सार्बजनिक भएको छ ।

बाल्यकाल देखि नै सांगीतिक माहोलमा हुर्केकी गायिका गुन्जन आफ्नै बाबा तुंगनाथ उपाध्यायबाट संगीतको प्रशिक्षण लिदै गीत गाउदै आएकी छिन ।

नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्यायद्वारा स्थापित ‘प्रस्तार’ समूहमा समेत संगीत सिकेकी उनी सानै देखि गीत संगीतमा रुचि राख्दै आएकी सुमधुर आवाजकी धनी गायिका हुन् ।

उनले बाल्यकाल देखि नै नेपाली सांगीतिक क्षेत्रमा भजन लगायत अन्य धेरै गीतहरु रेकर्ड गराइसकेकि छिन ।

परदेशी भूमिमा बसेर पनि सदैब नेपाली सांगीतिक क्षेत्रलार्इ माया गर्दै आफ्नो गायन यात्रामा निरन्तर लागिरहेकी गायिका गुन्जनले अमेरिकामा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै आएकी छिन ।

गीत रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन समेत अमेरीकामा नै गरिएको यो गीतलाइ गायिका गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।

तुंग नेपाल नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका उनले अमेरीकामा पनि नेपाली गीत संगीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् ।

नेपाल आफैमा गीतकार संगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् भने भिडियोमा रिता याम्फू र जिन जेङ्गको अभिनय रहेको छ । भिडियोलार्इ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan