Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘समर लभ’को पहिलो गित ‘साया’ सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । चलचित्र ‘सभर लभ’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।

निर्देशक मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ ।

सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan