Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाई भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १९ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाई भेट गर्नुभएको छ । बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउनुहुँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताउनुभयो ।

‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’, उहाँले भन्नुभयो, ‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।’

उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले बिआरआईमा हस्ताक्षर गरेका छौँ ।

व्यापार तथा पारवाहन संझौताको प्रोटोकलमा भएको समझदारीले नेपालको समृद्धिको यात्रामा योगदान पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘यी दुई महत्वपूर्ण कार्यमा पु¥याउनु भएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’

उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

‘नेपालले विकास विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धीमा चीन अत्यन्त खुशी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ’, उहाँले भन्नुभयो, ‘हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।’

राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताउनुभयो । उहाँले चीनले नेपालाई दिंदै आएको अनुदान सहयोग सबै भन्दा बढी रहेको बताउनुभयो । ‘नेपालमा तीन वर्ष यताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ’, उहाँले भन्नुभयो, ‘चीनले नेपाललाई दिंदै आएको अनुदान सबै देशलाई दिईरहेकोमा सबै भन्दा बढी हो ।’

राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताउनुभयो । ‘भृकुटीको चीनमा विवाह भयो । ईतिहासमा चीन र नेपाल नातेदार हुन्’, उहाँले भन्नुभयो, ‘औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ ।’ उहाँले चीन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्च योगदान दिएको भन्दै उपराष्ट्रपति पुनलाई धन्यवाद समेत दिनुभयो ।

राजदूत होङले आफूपछि आउने राजदूत दक्षिण एशिया र नेपाल सम्बन्धी जानकार रहेको बताउनुहुँदै उहाँको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan