Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउदीमा नेपाल प्रवद्र्धन मेला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १९ मङ्सिर । साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् ।

ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले नेपाल प्रवद्र्धन हुने उक्त कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan