Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, १९ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।

मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे । खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए ।

खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan