Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan

विराटनगर, १९ मङ्सिर(रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको शपथ गराउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिदैं सिद्धान्त र नीति घोकेर मात्र विकास हुदैन, यसका लागि स्पष्ट खाका र ढाचा बनाउनुपर्छ, जनताका भावना र चाहनालाई केन्द्रबिन्दुमा राखेर योजना बनाउन आयोगलाई सुझाव दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनतालाई आत्मनिर्भर बनाउने खालका योजना भएमा मात्र प्रदेशमा विकासको लहर जाग्ने बताउनुभयो ।

प्रदेशका मुख्यसचिव केदार न्यौपानेले प्रदेशमा उपलब्ध साधन र स्रोतको उच्चतम प्रयोग भएमा जनताका आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एवं प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुको उपस्थिति थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan