Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan

दाङ, १९ मङ्सिर (रासस) ः सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वडा कार्यालय पुगेर महराले नारायणपुरवासीलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विरोध नगर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “हामी कहिले पनि विकास विरोधी हुनुहुँदैन, स्थानीयवासीका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ ।” विमानस्थल बनाउँदा स्थानीयवासीको ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उहाले तत्काल प्रक्रियागत काम शुरु हुने पनि जानकारी दिनुभयो । नेपाल सरकारको बजेटले मात्र विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन नसक्ने उल्लेख गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रको लगानी खोज्नुपर्ने धारणा राख्नुभयो । “निजी क्षेत्रको लगानी भित्र्याएर भाडामा सञ्चालन गर्न दिने गरी निर्माण गर्नुपर्छ”, सभामुख महराले भन्नुभयो । उहाँले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न अन्तर्राष्ट्रिय दातृनिकायहरुसँग पहल गर्ने बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan