Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan

मड्रिड, १९ मङ्सिर (रासस÷एएफपी) ः स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ ।

एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ ।

बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो ।

एक हप्ता लामो “सान फेरमीन बुल रनिङ” पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan