Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुकुरलाई धारीलो हतियारले हान्ने पक्राउ, 'सरी' भने पछि कागज गराएर छाडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं  । कुकुरलाई धारीलो हतियार प्रयोग गर्ने काठमाडौं स्थित बबरमहलका एक स्थानिय आज पक्राउ परेकाछन् ।  बबरमहलका राजेन्द्र भन्ने राजाराम केसीलाई सिंहदरवार प्रहरीले आज पक्राउ गरेको हो ।

उनले कुकुरलाई धारिलो हतियार प्रहार गरेको झण्डै एकमा प्रहरीले पक्राउ गरेको हो ।आजै प्रहरी कार्यलय सिंहदरवारमा पशु अधिकारकर्मी र राजाराम केसी विच छलफल भएको छ ।

अबका दिनमा कुनै पनि कुकुर लगायत अन्य पशुलाई अमानविय ब्यावहार नगर्ने प्रण समेत गरेकाछन् ।

कुकुरलाई धारीलो हतियारले हान्ने केसीले पक्राउ परे लगत्तै माफ मागे पछि ('सरी')  कागज गराएर छाडिएको पशु अधिकारकर्मी शोभा श्रीले बताउनु भयो ।

केसीले गत कार्तिक २६ गते  धारीलो हतियार प्रयोग गरि एक कुकुरलाई सक्त घाइते बनाएका थिए। उपचारको क्रममा रहेको सो कुकुरको स्वास्थ्यमा सुधार आएको छ । 

केसी परिवारको अनुरोधमा उनको तस्विर हामीले सार्वजानिक गरेकाछैनौं ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan