Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीबाट अभिमुखिकरण कार्यशाला गोष्ठी समापन :

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १९ मंसिर  ।
प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले होटल मनाङ ठमेलमा संचालित लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको बुधबार आयोजित एक समारोहबीच समापन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सहभागी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र बितरण गर्दै लैङ्गिक हिंसा नियन्त्रण गर्न गोष्ठीबाट सिकेका व्यवसायिक ज्ञानलाई परिणाम आउने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । समुदाय-प्रहरी साझेदारीसँगै आमनागरिकको सहयोग लिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक किरण राणाले गोष्ठी सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एशियन डेभलपमेन्ट बैंकको तर्फबाट दिपकबहादुर सिंहले मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले सहभागीको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यशाला गोष्ठीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ र २०७२  को महत्व, जिल्ला, नगरपालिका, गाउँपालिका र वडास्तरीय संजाल गठन, यसका काम कर्तव्य र अधिकार, यसको अनलाइन अभिलेखिकरणको परिचय, यस अन्तर्गत कार्यसम्पादनको क्रममा प्राप्त चुनौति, अनुभव र सुझावका बारेमा प्रस्तुतिकरण, आगामी योजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिचय लगायतका विषयमा छलफल भएको थियो ।

एशियन डेभलपमेन्ट बैंकको सहयोगमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीमा महानगरीय प्रहरी कार्यालय तथा सो अन्तर्गतका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र ७७ वटै  जिल्लाका महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत ९७ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan