Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अख्तियार प्रमुखले आँखा चिम्लिएलान त ? दीप बस्न्यातको अकुत सम्पती कहाँबाट आयो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । घरमा नोट छाप्ने मेसिनै भएजस्तो अचम्मसँग पैसा ओइरिने निवर्तमान संवैधानिक अंगका पदाधिकारीको छोरासँग जोडिएको कथा हो यो ।

नक्साल व्याङ्क्वेटको जग्गा भाडा नवीकरण गर्दादेखि सम्पत्ति शुद्दिकरणमा परेका एकजना तिब्बती व्यापारीको सम्पत्ति खाइदिनेसम्मको खेलो छ । लाजिम्पाटस्थित होटल ग्याङ्जोङ एकजना भोटे नागरिकको स्वामीत्वमा थियो । दुई महिनाअघि अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको छोरा कमलले विवादास्पद म्यानपावर व्यवसायी भीम रोक्कासँग मिलेर ६७ करोडमा उक्त होटल खरिद गरेका छन् ।

लाजिम्पाटको सबभन्दा बढी मानिस आवत–जावत हुने, भिभिआइपी निवास र भारतीय दूतावासको आडैमा रहेको, अर्थात् प्राइम लोकेशनको चार रोपनी क्षेत्रफलमा छ उक्त होटल । ४४ कोठे होटल उनीहरुले चुत्थो दाममा हात पारेका हुन् । भीम मलेसिया कामदार पठाउँदा बायोमेट्रिक प्रणालीको तीन अर्ब घोटाला अभियोगमा राम श्रेष्ठसँगै समातिएका थिए । राम थुनामा गए, भीम उत्निखेरै छुटे । युरोपियन युनियनछेउ नारायणहिटीको उत्तरढोकास्थित पहिला थकाली भान्सा घर सञ्चालित जमिन पनि खरिद गरेका छन् । नक्सालको नारायणचौर र बूढानिलकण्ठमा यही किसिमले जमिन हत्याइसकेका छन् ।

महाराजगञ्जमा सञ्चालित याक्का ओभरसिजका सञ्चालक हुन् । प्रश्न उठेको छ, दीप बस्न्यातका छोरासँगको साझेदारी र लगानीमा भइरहेका अकुत सम्पत्तिको चलखेलमाथि सरकारले छानवीन गर्छ कि गर्दैन ? दीप अख्तियार प्रमुख हुँदा र लोकमानकै पालादेखि विभिन्न व्यक्तिलाई पुर्जी काटिएको र त्यसरी गएका पत्र बीचमै खिचिएका अनगिन्ती घटना छन् ।

तिनमा आर्थिक मामिला अगाडि सार्दैै कमलसँग सक्रिय हुने खेलका पार्टनर पनि हुन् भीम । अहिलेका अख्तियार प्रमुख नवीन घिमिरेले खोज्न चाहने हो भने यी र यीजस्ता खेलाडीलाई ठेगान लगाउने अनेकन बाटो रहेको चर्चा अख्तियारमै चल्ने गरेको छ । यस्ता अवैधानिक स्रोतबाट आर्जित अकुत सम्पत्तिमात्रै जफत गरी राज्यले खिच्यो भने देश बन्ने आधा पैसा त्यहीँबाट निस्कन्छ भन्छन् जानकारहरु ।  जनआस्थाबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan