Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक सय बहत्तर परिवारलाई राहत वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार | RSS
newsabhiyan

मार्तडी, २० मङ्सिर, बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो ।

ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाका जिल्लास्तरीय कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभयो । बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट ११५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको नगरउपप्रमुख कविता विष्टले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan