Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजदूत शेर्पाले मानव तस्करी गरेको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मानव तस्करी गर्ने गरेको आरोप उनकै डा«इभरले लगाएका छन् । अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली राजदूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले राजदूत लक्की शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका हुन ।

चालक सेर्पाका अनुसार मानव तस्करीबाट आएको पैसाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेकी छिन् । ओङ्छुले लक्की शेर्पाले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग पनि रहेको दाबी गरेका छन् । लक्कीले सबै कारोबार ओङ्छुमार्फत गर्दै आएकी थिइन् ।

ओङ्छमार्फत सिङ्गापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अष्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्कीले लिएको दाबी गरिएको छ । लक्की शेर्पाले ५–६ जनालाई पनि अष्ट्रेलिया लैजाने भनेर मोटो रकम उठाएको उनी बताउँछन् । सन् २०१७ क्यानबरा दूतावासमा ड्राइभरको रुपमा काम गर्न पुगेका चालक ओङ्छुमार्फत नै लक्की शेर्पाले मानव तस्करी गर्दै आएको कुराकानीका बेला खुलेको छ ।

लक्की शेर्पासँग आर्थिक विषयमा तनाव भएपछि ओङ्छले क्यानबाराको नेपाली राजदूतावास छाडेपछि वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्कीले ओङ्छुकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् । लक्कीको निर्देशनमा मानव तस्करीको पैसा ओङ्छुकी पत्नीको खातामा छ लाख देखिएको ओङ्छु स्वयंले स्वीकार गरेका छन् । ओङ्छुले आफूसँग पनि राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा मानव तस्करी गरेको पैसा रहेको बताए ।

राजदूत शेर्पा विरुद्ध ओङ्छुले अष्ट्रेलियाको फेडरल पुलिसमा मुद्धा दर्ता गराएका छन् । तर, कुटनीतिक पदको पावर लगाएर लक्की बचेको ओङ्छु बताउँछन् । मानव तस्करीमा राजदूत लक्कीले लिएको ६४ लाख रुपियाँ पनि ओङ्छुले पीडितहरूलाई तिरेका छन् ।

तत्कालीन माओवादी केन्द्रको कोटाबाट अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस भएकी लक्कीका बारेमा संसदीय सुनुवाई हुने बेला पनि विवाद भएको थियो । उनी प्रचण्ड निकटको मानिन्छिन् । अभियान टाइम्समा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan