Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुटु घाइते बनाएर गएकी कन्चनलाई रमेशको उपहार (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । मौलिक नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा आफ्नो पृथक पहिचान स्थापित गर्दै आएका काव्य म्युजिक सेन्टरको उत्पादनमा सुजिता आचार्य र अमृता बन्जाराको नयाँ मौलिक लोक दोहोरी गीत "घाईते मुटु उपहार" को म्युजिक भिडियो संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ ।

मौलिक गीत संगीतका प्रखर गायक रमेश श्रेष्ठ र कन्चन के.सी.को सुमधुर स्वरमा सजिएको यस गीतमा रमेश श्रेष्ठ कै लय तथा कन्चन केसी र सिन्धुको शब्द सिर्जना रहेको छ ।

गौरव गिरीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा राज तामाङ, संचारकर्मी शिवराम भण्डारी, सन्ध्या, बेनिशा लगायतको जीवन्त अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन रमेश श्रेष्ठले नै गरेका हुन् भने छायांकन  सागर गौतमको र सम्पादान रमित ओलीको सम्पादन रहेको छ ।

"घाईते मुटु उपहार" बोलको गीतलाई दृश्य निर्माण भने डी आर फिल्म्स प्रालिको रहेको छ । माया प्रेममा हुने विछोडको मर्म र पीडालाई यस गीतको मुख्य विषयवस्तु बनाईएको गायक, निर्देशक तथा सर्जक रमेश श्रेष्ठले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan