Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘आंखाका जोर’ लिएर आईन रिमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । रिमा गुरुङ्ग होडाको आवाजमा ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ ।

राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागि गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागि आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासंग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो ।

सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन,बज्राचार्यले थुप्रै नेपाली सिनेमा तथा म्युजिक भिडियोको सम्पादन गरिसकेका छन् ।

हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan