Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिनल्याण्डमा रचना वाचन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २० मङ्सिर । कवयित्री एवम् गीतकार पुष्पा खनालले आफ्ना कविता र गीत सिर्जना फिनल्याण्डस्थित कुपिओ शहरमा साहित्यानुरागीका बीचमा प्रस्तुत गर्नुभएको छ ।

पहिलो पटक स्वदेशबाहिर अङ्ग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना रचनालाई सो शहरमा बुधबार प्रस्तुत गरिएको कवयित्री खनालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा दुई दर्जनभन्दा बढी रचना वाचन गरेको उहाँले बताउनुभयो । सर्जक खनालले हालसम्म दुई सयभन्दा बढी गीत तथा कविता रचना गरिसक्नुभएको छ । उहाँका विभिन्न गीत रचना गायक अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतले स्वर भरिसक्नुभएको छ ।

नेपाली कला, संस्कृति र समाज चिन्न र बुझ्न कवयित्री खनालका एकल कविता वाचनले सहयोग गरेको बताइएको छ । कार्यक्रममा फिलिपिन्सका नागरिक तथा त्यहाँ रहेका नेपालीको सहभागिता थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan