Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार | (रासस)
newsabhiyan

जनकपुरधाम, २० मङ्सिर: जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी आज जनकपुर ल्याई अनुसन्धान भइरहेको छ भन्नुभयो ।

विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई बिघा आठ कट्ठा १४ धुर क्षेत्रफलको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई उच्च अदालतमा समेत पेश गरेको थियो ।

सरकारी कागज कीर्ते मुद्दामा वारदातपछि फरार रहेका दासलाई धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख थपलियाले दासको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताउँदै मुद्दा पुरानो भएकाले मुलुकी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले यस घटना सरकारी कर्मचारीको संलग्नता नरहेको, दास आफैँले नक्कली छाप र कागज बनाएको देखिएको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan