Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले सूचना लुकाएको छैन ः मन्त्री बाँस्कोटा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

काठमाडौँ, २० मङ्सिर (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी)को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।”

“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गर्नुभयो ।

संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “निर्मला हत्याका अपराधी उम्किन सक्दैन, हत्यारा पहिचानको खोजीकार्य प्राथमिकताका साथ भइराखेको छ ।” 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan