Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सफलताका कथा सुनाउँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

पोखरा, २० मङ्सिर (रासस) ःप्रशंसा केसीसहितको युवा समूहले कास्कीस्थित जेसीआइ कलेजमा आज सामाजिक सचेतना एवं सफलताका अनुभव आदानप्रदान गरेको छ ।

विद्यमान विकृति विसङ्गतिका कारण हाम्रो समाजले विकासमा अपेक्षित फड्को मार्न नसकेको वास्तविकतामा यसको अन्त्यका लागि युवाको भूमिकाका साथै असफलताभित्र पनि सफलता खोज्न सक्ने क्षमता अभिवृद्धिका लागि अनुभव आदानप्रदान गरिएको थियो । समूहकी सदस्य केसीले आफूहरूको स्वयं व्यक्तिगत प्रयासमा यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

ग्लोकन टिन हिरो २०१८ द्वारा सम्मानित प्रशंसा केसीले कार्यक्रममा समाजसेवा र भिडियोग्राफीका विविध पक्षबारे विद्यार्थीलाई जानकारी गराउँदै बालविवाहले समाजमा पारिरहेको प्रभाव एवं यसको अन्त्यका लागि खेल्नुपर्ने भूमिकाबारे उल्लेख गर्नुभयो । युवा लेखिका दीपशिखा घिमिरेले आफूले १३ वर्षको उमेरमा लेखेको ‘मेरो ज्ञान मन्दिर’ शीर्षकको बाल कविता सङ्ग्रहबारे चर्चा गर्दै लेखन सीप र क्षमता अभिवृद्धि सम्बन्धमा जानकारी गराउनुभयो । अर्का युवा सौगात तिवारीले युवामा उद्यमशीलता आवश्यक हुनेमा जोड दिँदै आफ्ना अनुभव सुनाउनुभयो ।

यस्तै विकल्प ढुङ्गानाले विज्ञान, प्रविधिका विविध पक्ष र उत्प्रेरणा सम्बन्धमा जानकारी गराउनुभएको थियो भने सुदर्शन सुवेदीले प्रत्येकले आफ्नो क्षमता चिन्न सक्नुपर्नेमा जोड दिनुभयो । करीब १०० विद्यार्थीमाँझ गरिएको अनुभव आदानप्रदान कार्यक्रमका सहभागीले सामाजिक विकृतिको अन्त्यका लागि युवाले खेल्नुपर्ने भूमिकाका साथै असफलतामा सफलताको खोजी, उत्प्रेरणालगायत विषयमा जिज्ञासा राखेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan