Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

नयाँ दिल्ली, २० मङ्सिर (रासस÷सिन्ह्वा) ः तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ ।

इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो ।
संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।
मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहनु भएको छ भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ ।
पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा पर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिनु भएको अध्ययनले जनाएको छ । उहाँको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan