Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा एकको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

भक्तपुर, २० मङ्सिर (रासस) ः काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गापा ४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ ।

मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हँुदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan