Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्किब्स सेमिफाइनलमा,करियरको विजयी सुरुआत,एलआरआईलाई दोहोरो उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

काठमाडौं, मंसिर २० ।
स्किब्स प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई खेल जितेको स्किब्सले ग्रामरलाई ३४¬¬—२९ तथा जेनिअमलाई २०—१५ ले पराजित ग¥यो । दुवै खेलमा सर्वाधिक स्कोर गर्ने क्रमा स्किब्सकी अप्सरा पौडेलले ग्रामर विरुद्ध ९ तथा जेनिअम विरुद्ध १५ अंक जोडिन् ।
जुनियर ब्वाइजमा पनि स्किब्स सेमिफाइनलमा पुगेको छ । स्किब्सले गौरीशंकरलाई १८–१२ ले हरायो । स्किब्सका विकास मगरले ८ अंक जोडे ।
हिमालय स्कुलद्वारा आयोजित प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ मोर्गनले कान्जिरोवालाई ६३–५० तथा साइपालले ब्लु बर्डलाई ५०–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । मोर्गनका रोशन तामाङले १४ तथा साइपालका सागर लामाले ९ स्कोर गरे ।

करियरको विजयी सुरुआत
डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा करियरले अक्षरालाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा मंसिर २९ गतेसम्म हुने नकआउट प्रतियोगितामा २२ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एलआरआईलाई दोहोरो उपाधि
एलआरआईले प्रथम क्युएफएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ ।
ब्वाइज फाइनलमा एलआरआईले संस्कृतिलाई ५६–४८ ले पराजित ग¥यो । एलआरआईको जितमा धिरन कठायतले २४ अंक योगदान गरे । जेम्सले रातो बंगलालाई ३८–२६ ले हराउदै तेश्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा एलआरआईले जेम्सलाई २५–१७ ले हरायो । संस्कृतिले रातो बंगलामाथि १८–१७ को रोमाञ्चक जित दर्ता गर्दै तेश्रो भयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan