Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसमा जनसम्पर्क समितिबाट महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बढाउन पाण्डेको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

मंसिर २०, काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जनसम्पर्क समिति भारतका लागि २४ महासमिति सदस्य र ५६ महाधिवेशन प्रतिनिधिको व्यबस्था गर्न कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बुधवार आफ्नो धारणा राख्दै पाण्डेले एक केन्द्रीय सदस्य भारत र अन्य मुलुकबाट एक जना सहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सुनिश्चितता गर्न माग गरेका हुन् ।

जनसम्पर्क समिति भारतका अध्यक्ष समेत रहेका पाण्डेले विश्वभरका जनसम्पर्क समितिको ग्लोवल नेटवर्क  र महादिपिय समिति बनाउने प्रस्ताव पनि केन्द्रीय समितिमा लगेका छन् । भारतमा जनसम्पर्क समितिका २ सय २० शाखा र ६ सय ६० उपशाखा रहेकोले सोही अनुसारको प्रतिनिधित्व आवस्यक रहेको उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य पाण्डेले जनसम्र्क समितिको विधानमा एकरुपता ल्याउन पनि ध्यानाकर्षण गराएका छन् । उनले जनसम्पर्क समितिका प्रतिनिधिहरु महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरी विधान संशोधनको माग राखेका छन् । ५०० क्रियाशील सदस्यताको प्रावधान पुरा गर्न नसकेका देश बाट जनसम्पर्क समितिको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग गरे ।
केन्द्रीय सदस्य पाण्डेले कांग्रेसमा सातवटा सहमहामन्त्रीको व्यबस्था गर्न पनि माग गरेका छन् । सातवटै प्रदेशको इनचार्ज सहमहामन्त्री हुने व्यबस्था गर्दा कांग्रेसलाई फाइदा पुग्ने उनको दावी छ । पार्टीलाई संघीय स्वरुपमा लैजान सहमहामन्त्रीको मातहतमा प्रदेश कमिटी राख्नु उपयुक्त हुने उनले बताए । पाण्डेले सभापतिलाई शक्तिशाली बनाउनु पर्ने धारणा राखे ।
जिल्ला सभापतिहरूको सुझावलाई  पनि समाबेश गर्ने प्रसब रखेका थिय
बुधवारको बैठकमा महेन्द्र यादव, गुरु घिमिरे, अम्बिका बस्नेत लगायत सदस्यहरुले धारणा राखेका छन् । मंगलवारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ७० बर्ष पुगेपछि पदाधिकारीले अवकास लिनुपर्ने प्रस्ताव गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan