Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र 'कपुरी क' लाई ‘पिजी’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका प्रकाश तिवारी , सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह “राजा” , सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ ।

पुर्ण मनोरन्जनात्मक कथामा बनेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan