Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीको जवाफी कारवाहीमा राजन घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडौं, २१ मङ्सिर । काठमाडौं महानगरपालिका रातोपुलस्थित धोवीखोला करिडोरमा प्रहरीको जवाफी कारवाहीमा परी सुनसरी ईटहरी नगरपालिका-५ का ४६ वर्षीय राजन लिम्बू शुक्रबार घाइते भएका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले हत्या एवं बैंक तथा वित्तिय संस्था लुटपाटका घटनामा संलग्न रही फरार लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले जवाफी कारवाहीगर्दा तिघ्रामा गोली लागेर उनी सामान्य घाइते भएका हुन ।

घाइते लिम्बूलाई उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ । घटनास्थलबाट पेस्तोल १ थान,  त्यसको गोली ४ राउन्ड र खोका १ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan