Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दवाव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार | (रासस÷एएफपी)
newsabhiyan

बैङ्कक, २१ मङ्सिर :  म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ ।

म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।

द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो ।

चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरुलाई चिनियाँहरुले विबाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ ।
जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागु गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ ।

म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरुबाट पनि बर्षेनी हजारौँ महिलाहरू चीन लगिने गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan