Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइपाल र सीसीआरसी सेमिफाइनलमा,ज्ञानोदय र पुष्पसदन सेमिफाइनलमा

पुष्पवाटिकाको जित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडौं, मंसिर २१।
साइपाल एकेडेमी र सीसीआरसी प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

साइपालले ह्वाइटहाउसलाई ५९–५७ को साँघुरो अन्तरले पराजित ग¥यो । साइपालको जितमा ग्याल्सेन लामाले २३ अंक योगदान गरे । पवन खत्रीको १३ अंक सहयोगमा सीसीआरसीले हेराल्डलाई ६३–१३ ले सहजै हरायो ।
सिनियर ब्वाइजमै मोर्गनले केब्सलाई ६७–३६ तथा बागमतीले ज्ञान निकेतनलाई ६१–५१ ले पाखा लगाए । मोर्गनका नम बिसीले १० तथा बागमतीका सुरज सिग्देलले १५ स्कोर गरे । सेमिफाइनलमा मोर्गनको भेट साइपालसंग हुनेछ भने बागमतीले सीसीआरसीको सामना गर्नेछ ।

सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले काठमाडौं जेभियरमाथि १८–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय ग¥यो । सिद्धार्थ बनस्थलीकी जल्जला मगरले ४ अंक जोडिन् । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट स्किब्ससंग हुनेछ । अर्को सेमिफाइनल न्यु भिजन र ग्रामरबीच हुनेछ ।
जुनियर ब्वाइजको सेमिफाइनलमा आयोजक हिमालयले गौरीशंकर तथा स्किब्सले नवज्योति विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

ज्ञानोदय र पुष्पसदन सेमिफाइनलमा
आयोजक ज्ञानोदय र पुष्पसदन एसएमल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत मिनि ब्वाइज बास्केटबलतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ज्ञानोदय समूह ‘बी’ तथा पुष्पसदन समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई २१–५ तथा पुष्पसदनले ओसिसलाई ४४–१७ ले पराजित गरे । पराजित एलए र ओसिस पनि आ–आफ्नो समूहको उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल ज्ञानोदय र ओसिस तथा पुष्पसदन र एलएबीच हुनेछ ।
कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा मल्पीले क्रिएटिभ एकेडेमीलाई ४–० गोलले हरायो भने इनोभेटिभ र मर्सी मिसन एकेडेमीले १–१ गोलको बराबरी खेले ।

पुष्पवाटिकाको जित
पुष्पवाटिकाले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
फेकाको आयोजनामा पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा पुष्पवाटिकाले एप्पल इन्टरनेसनललाई १–० गोलले पराजित ग¥यो । अनुप बस्नेतले निर्णायक गोल गरे ।
अन्य खेलमा हाइली क्रिएटिभ र अक्षरिकाले नतिजा आफ्नो पक्षमा पारे । हाइलीले गेट्वे एकेडेमीलाई १–० गोलले हरायो । चन्द्र पाठकले निर्णायक गोल गरे । अक्षरिकाले ओरियन्टललाई सडन डेथमा पन्छायो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan