Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार | (रासस)
newsabhiyan

भक्तपुर, २१ मङ्सिर : स्कुल छुटेर घर फर्कदै गरेकी एक विद्यार्थीको आफँै सवार स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ । भक्तपुर नगरपालिका कमलविनायकस्थित रोम्बस इङ्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत चाँगुनारायण नगरपालिका–८ रानीबारी सुडालकी सात वर्षीया प्रतिष्ठा खत्रीको उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

अपरान्ह ४ः३० बजे विद्यार्थी पु¥याउन गएको बा १ क ७२८५ नम्बरको बसले सोही स्कुल बसमा सवार बालिका बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । घाइते विद्यार्थीको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस र चालक भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan