Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनको एक वर्ष पुगेकामा चियापान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २१ मङ्सिर (रासस) ः प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ निर्वाचन क्षेत्र नं ३ ले आज चियापान कार्यक्रम आयोजना गरेको छ ।

सो क्षेत्रका सांसद कृष्ण राईले कार्यक्रमको माध्यमबाट जनता र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध स्थापित कायम राख्न र आगामी दिनका लागि रचनात्मक सुझाव प्राप्त भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य बलराम बाँस्कोटा, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ कमिटीका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan