Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रममन्त्री मोरक्को प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडाँै, २१ मङ्सिर (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभयो ।

मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाउनु हुनेछ । उहाँ यही मङ्सिर २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan