Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सयपत्री हाइड्रोले साधारण शेयर बिक्री गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २१ मङ्सिर (रासस) ः साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ ।

वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ । त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो । कम्पनीले रु नौ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई रु तीन करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । कम्पनीले बागलुङको दरमखोलामा नदी प्रवाहमा आधारित दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट वार्षिक १३ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गरेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हरिचौर सवस्टेशनमा जोडिने बताइए पनि सो सवस्टेशनको काम नसकिँदा समस्या परेको छ । जसका कारण कम्पनीको आम्दानी सोचेअनुसार हुन नसकेको देखिन्छ । सो आयोजनामा गैरआवासीय नेपालीको समेत लगानी रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan