Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन,प्रधानमन्त्री ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २२ शनिबार |
newsabhiyan
newsabhiyan

 
मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन, हामी भव्य स्वागत र्छौं ः यादव
“कांग्रेसका नेताहरुलाई म भ्रमणको विरोध गरेर अभिव्यक्ति नदिनको लागि आग्रह गर्दछु”
प्रधानमन्त्री ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप

काठमाडौं, २२ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

 यादवले भने, “भारतका उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै हुनुहुन्छ, नेपाल र भारत दुई वटा स्वतन्त्र देश हुन् । भारत हाम्रो सबैभन्दा नजिकको मित्र राष्ट्र पनि हो । यो दुई वटा देश बनेपछि हाम्रा सम्बन्ध निर्माण भएको होईन । यो सम्बन्ध आधुनिक राज्य अस्तिवमा आउनुभन्दापनि पहिलेदेखिनै भएको हो ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ईतिहास, सभ्यता र संस्कृतिलाई बचाउनको लागि पनि विवाहपञ्चमीमा अयोध्याबाट जन्ती लिएर आउने कार्यक्रम अनिवार्य आवश्यकत्ता रहेको स्पष्ट पारे । उनले भने, “सम्पूर्ण जनताले नै उत्साहका सथा स्वागत गर्नुपर्छ । हामी मुख्यमन्त्रीजीलाई भव्य स्वागत गर्छौं । उहाँको सम्मानमा कुनै कसर बाँकी राख्दैनौं ।”

आजको परिवेशमा सम्बन्धका आफ्नै रुप हुने उल्लेख गर्दै यादवले नेपाल र भारतबीच जनता–जनताबीचको सम्बन्ध मजबुद रहेको सुनाए । उनले भने,“नेपाल र भारतबीचको सम्बनध पूरानो, महत्वपूर्ण र ऐतिहाँसिक छ । हामी आँतुरका साथ स्वागत गर्न तयारी छौं । मुख्यमन्त्री योगीको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँछ ।”

पछिल्लो समय राजनीतिक उपलब्धिका नाममा विभिन्न प्रकारको चलखेल भएको यादवको गुनासो छ। अरुबाट परिचालित केही व्यक्तिहरुले नाईटोदेखि बल लगाएर मुख्यमन्त्री योगीको भ्रमणबारे विरोध गर्न लागिपरेको पनि उनले गम्भिर आरोप लगाए ।
जानकी, राजा जनक र मिथिला भनेको ऐतिहाँसिक धरोहरको रुप भएको सुनाउँदै यादवले भने,“जुन धरोहरले हाम्रो सम्बन्ध जोडेको छ । यसको बारेमा विरोध गर्ने कुरा गलत हो ।”
मुख्यमन्त्री योगीको भ्रमणले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउँने उनको विश्वास छ । उनले भने,“उहाँको जनकपुर भ्रमणले नेपालको हित लुकेको छ । उत्तर प्रदेशमा त्यत्रो ठूलो जनसंख्या छ । अब जनकपुरमा धार्मिक पर्यटकहरु आउनेछन् । हामी उहाँलाई स्वागत गर्न तयार छौं । बलबुताले भ्याउनेजति सबै प्रकारको स्वागत गर्छौं ।”
फरक प्रसँगमा उनले आफूहरुले जुन विश्वासका साथ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको हो अहिले त्यसमा सरकार खरो उत्रिन नसकेको आरोप लगाए ।

उनले सुनाए,“हामीले संविधान संशोधनको लागि दुई तिहाई गणित चाहिन्छ र त्यो गणित नेकपाको साथलेमात्रै पूरा हुन्छ भनेर नेकपालाई सरकार गठनमा समर्थन गरेका थियौं । संविधान संशोधनको लागि संसदमा दुई तिहाई पुर्याउनको लागि नै हामीले समर्थन गरेका हौं । यसमा वर्तमान प्रधानमन्त्रीले पनि हामीसँग आपसी समझदारी कायम गर्नुभएको थियो । त्यही कारण सरकारलाई समर्थन गर्यौं ।”

सरकार गठन भएसँगै जनताले विकास र समृद्धि हुन्छ भन्ने ठूलो अपेक्षा गरेपनि अहिले त्यो आशा निराशामा बदलिएको उनको गुनासो छ । उनले भने,“हामीले जुन विश्वासका साथ यो सरकारलाई समर्थन गरेका थियौं, अहिले ती विश्वास स्खलित र पतन हुँदै गैरहेका छन् ।”
यद्धपी उनले आफूहरुले बारम्बार सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको पनि सुनाए । राजपाको अब बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा के गर्ने भन्नेबारे निर्णायक निर्णय लिने पनि उनले जानकारी दिए । तर, एकपटक सरकारले गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग बसेर छलफल गर्ने र आफूहरुले एउटा निश्कर्ष निकाल्ने यादवले विश्वास दिलाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जनकपुरमा भव्य स्वागत गर्न आफूहरु आँतुर रहेको स्पष्ट पारेका छन् ।
उनले भने,“रामजानकीको विवाहपञ्चमीको मेलामा उहाँ आउँदैहुनुहुन्छ । आफ्नो र पार्टीको तर्फबाट म के भन्न चाहन्छु भने प्रत्येक साल यही मंसिरमा नै विवाहपञ्चमी हुन्छ, आउने २६ गते हुने विवाहपञ्चमीमा जन्ती लिएर मुख्यमन्त्रीजी आउँदै हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्न आँतुर छौं । उहाँको भ्रमणबारे कांग्रेस केन्द्रिय कार्यमितिले विरोध गरेको छैन । विरोध गर्ने भनेर कुनै निर्णय भएको छैन् ।”

यद्धपी मुख्यमन्त्रीको भ्रमणबारे पार्टीका केही नेताले सरकार र सरकारबीच छलफल गरेर, सुरक्षा र कुटनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण भएकोले यसबारे छलफल गरेर आउनुपर्दथ्यो भन्ने धारणा राखेको उनले स्पष्ट पारे ।
यादवले थपे,“मुख्यमन्त्री योगीजीलाई स्वागत गर्न जनकपुरवासी उत्साहित छन् । भारत नेपालको अत्यन्तै नजिकको मित्र हो । यो व्यक्तिगत रुपमा बनेको सम्बन्ध होईन, सदियौंदेखिको सम्बन्ध हो । हामी उहाँलाई स्वागत गर्न गैरहेका छौं । नेपाली कांग्रेसका नेताहरुलाई म भ्रमणको विरोध गरेर अभिव्यक्ति नदिनको लागि आग्रह गर्दछु । उहाँ आउँदा जनकपुरको महत्व बढ्दछ । हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि हामीले स्वागत गरेका थियौं । मोदीजीको भ्रमणपछि अहिले जनकपुरको आर्थिक प्रगति भैरहेको छ ।”

विगत कालदेखि नै भारतको अयोध्याबाट जकपुरमा जन्ती आरहेको सुनाउँदै यादवले भने,“प्रत्येक वर्ष अयोध्याबाट जन्ती औरहेका छन् । यस वर्ष जन्ती अलिक धेरैको संख्यामा आउनेछन् । यसले जनकपुरको विवाह महोत्सवको विश्वभरि सन्देश जान्छ । यो खशीको खबर हो ।”
मुख्यमन्त्री योगीको भ्रमणबारे मधेशी जनताले विरोध नगरेको स्पष्ट पारे । उनले भने,“कांग्रेसले विरोध गर्दैन् । हामी उहाँलाई भव्य स्वागत गर्न आँतुर छौं ।”

फरक प्रसँगमा उनले संघीय र प्रदेश सरकारप्रति आम जनताको आशा र अपेक्षा अहिले विस्तारै निराशामा परिणत भएको आरोप लगाए । सरकार पूर्ण रुपमा असफल भएको पनि यादवले आरोप लगाए ।
उनले भने,“यो सरकार गठन भएपछि जनताले विकृतिको अन्त्य हुनेछ भनेर आशा गरेका थिए । तर, त्यस्तो भएन् । सरकारले विकासको गति हाँसिल गर्न सकेन । समृद्ध नेपाल र सुखी नेपाली भनिएको छ, सरकार गठन भएको १० महिना हुन थालिसक्यो तर (केन्द्र र प्रदेश) दुवै सरकारप्रति आम जनताको निराशा उत्पन्न भएको छ । वितृष्णा पैदा भएको छ । संघीय सरकारले शान्ति, सुरक्षा दिन सकेको छैन् ।”

दैनिक उपभोग्य सामानका मुल्य बृद्धि दिनप्रतिदिन आकाशिएको पनि उनले आरोप लगाए । यादवले अघि भने,“भ्रष्टाचार मौलाईरहेको छ । सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा, बलात्कारी पत्ता लगाउन सकेको छैन् । अरुपनि बलात्कारका घट्नाहरु भैरहेका छन् । वाईडबडीमा अर्बौंको भ्रष्टाचार भएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा लागेको उनको गम्भिर आरोप छ । उनले भने,“यसको जनस्तरबाटै व्यापक विरोध भएको छ । प्रदेश सरकारले कर्मचारी भर्नापनि गर्न सकेका छैनन् । केन्द्र सरकारको असहयोगको कारण प्रदेश सरकार निकम्मा भएको छ । मुख्य जिम्मेवारी केन्द्रिय सरकारको हो ।”

कांग्रेसले विधान सर्वसम्मतीले पारित गर्नेपनि उनले विश्वास दिलाए । संविधानअनुसार पार्टीको संरचना बनाउनुपर्ने भएकोले आफूहरु विधान त्यहीअनुरुप बनाएको उनको भनाई छ । उनले भने,“अहिले पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी सर्वसम्मतीले विधान पारित गर्छौं । आज र भोलिभित्रै विधान पारित हुन्छ ।”


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan