Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खानेपानी मन्त्रीद्वारा कंचनपुरका महिला समुहलाई कुखुराको चल्ला वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २३ आइतबार |
newsabhiyan
newsabhiyan

कंचनपुर, २३ मंसिर । खानेपानी मन्त्री बीना मगरले कंचनपुरमा रहेका विभिन्न महिला समुहहरुलाई कुखुराको चल्ला वितरण गर्नु भएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कुखुराको चल्ला वितरण गरिएको हो । प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिला समुहलाई कुखुराको चल्ला वितरण गर्नु भएको हो । कंचनपुरका विभिन्न क्षेत्रमा रहेका १ सय २० वटा  महिला समुहलाई कुखुराको चल्ला वितरण गरिएको छ ।

कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई आत्मनिर्भर बनाइ आय आर्जनमा जोड दिन सबै लाग्नु पर्ने बताउनु भयो ।

उहाँले सामुहिक रूपमा महिलाहरु लाई सशक्त बनाइ परनिर्भर हुनु पर्ने बाध्यताबाट मुक्त गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले महिलाहरुलाई सीप सिकाइ आय आर्जनमा लगाउन सके देशको समृद्धिमा  समेत योगदान पुग्ने  बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan