Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धर्म परिवर्तन गराएको कसुरमा प्रधानमन्त्री ओली विरुद्धको जाहेरी सरकारी वकिलले पनि लिएन !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । धर्म परिवर्तन गराएको कसुरमा प्रधानमन्त्री केपी ओली विरुद्धको जाहेरी सरकारी वकिलले पनि लिन नमानेको खबर छ ।

अधिबक्ता भूपेन्द्र प्रसाद पोखरेलले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले जारी गरेको विज्ञप्तीमा यस्तो भनिएको छ ।

म आज धर्म परिवर्तन गराएको कसुरमा प्रधानमन्त्री केपी ओली र पूर्व सांसद एकनाथ ढकाल विरुद्धको जाहेरी सरकारी वकिलको कार्यालयले जाहेर लिन मानेन। आज म सरकारी विकलको कार्यालय बबरमहल जाँदा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुर्यराज दाहालले जाहेरी लिन अस्विकार गरे । उनले प्रधानमन्त्रि विरूद्द जाहेरी लिननसक्ने जानकारी दिए ।

उनले देशको सर्वोच्च व्यक्तिमाथि मैले जाहेरी लिन नसक्ने र असम्भव समेत रहेको जानकारी दिए र भने यो मेरो ल्याकतभन्दा माथिको कुरा हो ।

यसअघि मैले काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी लिएर गएका थिए तर, प्रहरीले जाहेरी नलिएपछि म सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुँ । टेकुमा एसपी बसन्त लामाले जाहेरी लिएका थिएनन् ।

अब, सरकारी वकिलको कार्याललेपनि जाहेरी लिन अस्विकार गरेपछि म अब सर्वोच्च अदालतको ढोका ढकढक्याउन जाने जानकारी गराउन चाहन्छु ।
अधिबक्ता भूपेन्द्र प्रसाद पोखरेल
अनामनगर काठमाण्डौ


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan