Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संघियताको मुल मर्म केन्द्रिय सरकारले बुभ्mन नसकेको मुख्यमन्त्री राउतको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार | Patrapatrika
newsabhiyan
newsabhiyan

मंसिर २४, काठमाडौं । संघीय सरकारले प्रदेश सरकार संचालनमा असहयोग गरेको आरोप मुख्यमन्त्रीहरुले लगाएका छन् । संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को सिंहदरवारमा बसेको बैठकमा मुख्यमन्त्रीहरुले संघीयताको मुल मर्म नै संघीय सरकारले नबुझेको गुनासो गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट आफूहरुले पाउनु पर्ने सहयोग नपाएको बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीहरुले आफूले भोग्नु परेको समस्या तथा संघीय सरकारले गर्नुपर्ने आवश्यक सहयोग नपाएको बारे अन्तर प्रदेश परिषद्को बैठकमा जानकारी गराएको उहाँले बताउनुभयो । 

संघीयताको मुल मर्म नै संघीय सरकारले नबुझेको गुनासो गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, ‘संविधानले जुन कुरालाई निर्देशित गरेको छ, अहिले पनि त्यो अनुसार हुन सकेको छैन ।’ उहाँले भन्नुभयो, ‘संघीय सरकारले हामीलाई बाटो बनाइ दिने र सहयोग गर्ने अपेक्षा हामीले गरेका थियौं, त्यस अनुसार काम भएन, त्यसैले हामीले आफ्ना समस्याहरु बैठकमा राख्यौं ।’ बैठकमा कर्मचारी व्यवस्थापनको समस्या, वित्तीय आयोग गठन लगायतको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘संघीय सरकारले ऐनहरु निर्माण गरेर समयमै हामीलाई दिनुपर्ने कुरा हो,त्यो भएको छैन । समग्रमा भन्ने हो भने, हामीले जुन किसिमका समस्याहरु भोगिराखेका छौं, ती सबै विषयमा बैठकमा आफ्नो धारणा राखेका छौं ।’ प्रधानमन्त्री आफूहरुको अभिभावक भएको भन्दै मुख्यमन्त्री राउतले भन्नुभयो, ‘सन्तुष्टि र असन्तुष्टि भन्दा पनि प्रधानमन्त्री हाम्रो अभिभावक हो, अभिभावकको नाताले अहिले पनि हामीले परिषदको बैठकमा आफ्नो धारणा राखेका हौँ ।’ प्रदेशका मुख्यमन्त्रीहरुले भोगिराखेको समस्याहरु अन्तर प्रदेश परिषद्को बैठकले समाधान हुने अपेक्षा उहाँले गर्नुभयो । 

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘यो पहिलो औपचारिक बैठक हो, दुई दिनसम्म चल्ने बैठक भएकाले यसमा व्यापक छलफल हुन्छ र हामीले भोग्नु परेका कठिनाइको निकास यो बैठकले दिन्छ होला ।’  आजको बैठकमा प्रदेश १, २, ३ र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले आगामी दिनमा गनुपर्ने काम र समस्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।  बैठकमा संघीय मन्त्रालयका सचिवहरुले प्रधानमन्त्री लगायतको उपस्थिति संघीय मन्त्री तथा प्रदेशका मुख्मन्त्रीहरुलाई आफ्नो सम्बन्धित मन्त्रालयका काम कारबाहीबारे ब्रिफिङ गरेका थिए ।

सचिवहरुको ब्रिफिङ पछि मुख्यमन्त्रीहरुले आफ्ना धारणा राखेका थिए । आइतबारको बैठकमा मुख्यमन्त्रीहरु प्रदेश नं १ का शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राखेका छन् ।

बाँकी ३ वटा प्रदेशका मुख्यमन्त्रीले आजको बैठकमा आफ्नो धारणा राख्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो । समाचार कान्तिपुरमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan