Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ मंंसिर । बहुराष्ट्रिय कम्पनी स्टान्र्डड चार्टड समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैक नेपालको सेयर मुल्य निकै ने खस्किएको छ ।

केही बर्षअघिसम्म पनि एक हजार रुपैयाँ भन्दा माथि रहेको सो बैंकको प्रतिकित्ता सेयर मुल्य अहिले घटेर पाँच सय ८३ रुपैयाँमा झरेको छ । 

बैंकको व्यवस्थापकीय कमजोरीका कारण पछिल्लो समय सो बैंकलाई ठूलो संस्थागत निक्षेपकर्ताहरुले विश्वास गर्न छाडेका छन् ।

सोही आधारमा पनि बैंकमा स्वदेशी तथा बिदेशी गैर—सरकारी संस्था, बिदेशी दुुतावास एवं दुुतावासमा कार्यरत बिदेशी नागरिकहरुले समेत निक्षेप जम्मा गर्न छाडेका छन् ।

यसको प्रभाव बैंकको निक्षेपमा देखिएको छ । निक्षेप नबढेका कारण बैकको कर्जा बढ्न सकेको छैन । यसले गर्दा पछिल्ला बर्षहरुमा बैंकको खुद व्याज आम्दानी पनि कम भएको छ ।

प्रत्येक बर्ष बैंकको व्यवस्थापकीय खर्च बढ्दै गएको र त्यसको तुुलनामा बैंकको खुद व्याज आम्दानी कमजोर भएपश्चात खुुद मुनाफा पनि खासै बढ्न सकेको छैन । सोही कारण पनि बैंकले आाफ्ना सेयरधनीहरुलाई सन्तोषजनक रुपमा लाभांस बितरण गर्र्न सकेको छैन्  । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan