Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऋण लिने उद्योग सञ्चालन नगर्ने प्रवृत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार | (रासस)
newsabhiyan

नेपालगञ्ज, २४ मङ्सिर : ऋण लिने तथा उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बाँके जिल्लामा बढ्दै गएको छ ।

जिल्लामा दर्ता भएका कतिपय घरेलु तथा साना उद्योग वर्षौंदेखि सञ्चालनमा छैनन् तर ती उद्योगका धनीले बैंकबाट ऋण लिनका लागि आप्mनो उद्योग, व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण गराउने गरेका छन् । सञ्चालनमा नआएका त्यस्ता उद्योगको अनुगमन गर्ने निकाय नभएकाले पनि ऋण लिन मात्र नवीकरण हुने गरेको सो कार्यालयका कर्मचारी बताउँछन् ।

“बैंकले ऋण उपलब्ध गराउन उद्योग नवीकरण प्रमाणपत्र माग गर्ने गरेकाले हामी नवीकरण गर्छौं, तर ती उद्योग सञ्चालन भए÷नभएको अनुगमन गर्न सकिएको छैन,” निमित्त कार्यालय प्रमुख दुर्गा वलीको भनाइ छ । बाँकेमा अधिकांश सरकारी र निजी बैंकले घरेलु तथा साना उद्योग, व्यवसाय र कम्पनीलाई ऋण प्रवाह गर्दै आएका छन् ।

“वाणिज्य कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको आधारमा मात्र ऋण उपलब्ध गराइन्छ, बैंकले ऋण प्रवाह गरेका उद्योग, व्यवसायको तीन÷तीन महीनामा अनुगमनसमेत गर्दै आउँछ,” एनएमबी बैंक नेपालगञ्जका शाखाप्रमुख विनय गौतमको भनाइ छ ।

साना तथा घरेलु उद्योग कार्यालय, बाँकेका अनुसार यस जिल्लामा अहिलेसम्म पाँच हजार ३६२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कति सञ्चालनमा छन् त्यसको तथ्याङ्क सो कार्यालयसँग छैन । कार्यालयमा गत आर्थिक वर्षमा ३९० उद्योग नवीकरण गरिएको निमित्त प्रमुख वलीले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan