Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'काठमाडौंको सानो भर्याङ्को पशुपती ट्रान्सपोर्टमा ग्याङ् फाइट'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । काठमाडौं रिङरोड स्थित सानो भर्याङ्मा रहेको पशुपती ट्रान्सपोर्ट कम्पनीमा हिजो बेलुका ग्याङ् फाइट भएको छ ।

पशुपती ट्रान्सपोर्ट कम्पनीबाट बाहिरिने क्रममा रहेका एक कार चालक र भित्रिने क्रममा रहेका ट्रक चालक समुह विच हात हालाहाल भएपछि एका आपसमा बोलाइएको समुह विच थप झडप भएको हो ।

झडपका नाइके सुजित देउजा अहिले स्वयम्भु प्रहरी हिरासतमा रहेकाछन् भने,अन्य दुई जना घाइते भएकाछन् ।

घाइते मध्ये दुर्गा श्रेष्ठ सख्त घाइते भएकाछन् भने उमेश देउजा सामान्य घाइते भएकाछन् ।

यसरी भएको थियो झगडाको सुरुवात
पशुपती ट्रान्सपोर्ट कम्पनी कम्पाउण्डबाट हिजो राती १० बजे एक चालकले गाडि निकाल्ने क्रममा सोही ट्रान्सपोर्ट कम्पनी भित्रिने कम्पाण्डमा प्रवेश गर्ने क्रंममा रहेका ट्रक चालकले मुख छाडेपछि दुवै पक्षले आफ्ना साथीहरु बोलाए । साथीहरु विच हानाहान भयो ।

केहिको भागाभाग भयो अनि प्रहरी पुग्यो । प्रहरीले केहिलाई नियन्त्रणमा लिएर सोधपुस समेत गरेको स्वयम्भु प्रहरी वृतका इनिस्पेक्टर मदन गिरीले बताए ।

हामी अनुसन्धानकै क्रममा छौं ६,७ जनालाई नियन्त्रणमा लिएर थप जानकारी लिनेकाम भइरहेको छ ।

सुजित देउजालाई सिडियो कार्यलयमा म्याद थप गर्न लगिएको छ उनले भने । उक्त घटना पछि प्रहरीले थप सुरक्षाकर्मी तैनाथ गरि स्थितीलाई नियन्त्रण गर्नु परेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan