Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चनपुर घटनामा उच्च राजनितिक तहबाटै दबाब आएको खुलासा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २६ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan

मंसिर २६, काठमाडौं । कञ्चनपुर बलात्कार र हत्या काण्डमा प्रहरीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लागेकै समयमा प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृतले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको भेद खोल्नु भएको छ ।

पूर्व एआईजी देवेन्द्र सुवेदीले माईक्रो ब्लगिङ साईट ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने रहस्य सार्वजनिक गर्नु भएको हो । कञ्चनपुर काण्डमा प्रहरी अनुसन्धानमाथि प्रश्न गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटमा जवाफ दिर्दै पूर्व एआईजी सुवेदीले भट्टराईले नै ६ बर्ष अघि निर्दोष ब्यक्तिलाई फसाउन निर्देशन दिएको आरोप लगाउनुभएको हो ।

  भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईँको ५ तले घरमा काम गर्ने ३१ वर्षिया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीको अनुसन्धानले सो घटना आत्महत्या भएको देखाएको थियो । तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएपछि तथा परिवारले शव बुझ्न अस्वीकार गर्दै दोर्होयाएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए ।

दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएको थियो ।  तत्कालिन प्रधानमन्त्री भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाउनुभएको हो । सो समय प्रहरीको कमाण्ड कुवेरसिंह रानाको हातमा थियो । समाचार कान्तिपुरमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan