Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क र रिर्सोट सञ्चालनमा

स्थानीयबासी विरोधमा, सरोकरवाला पक्षहरु किन बस्छन मुकदर्शक ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २६ बुधबार |
newsabhiyan
newsabhiyan

सुर्य बराल, नवलपुर, २६ मंसिर । नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब ४० बिगाहा क्षेत्रफलमा बन्दै गरेको मेघा पार्क सञ्चालकले सार्बजनिक जग्गा अतिक्रमण गरी पार्क बनाउन लागेको भन्दैं स्थानियले त्यस्को ब्यापक बिरोध गरिरहेका छन् ।

नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानीमा सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त रिर्सोटले देवचुली भई नारायणीमा मिसिने मुकुण्डे खोलाको केहि बिगाहा सार्बजनिक जग्गा अतिक्रमण गरी रिर्सोट बनाएको भन्दै गाँउलेहरु बिरोधमा उत्रिएका हुन् ।

साबिक दिब्यपुरी गा.बि.स.भएर बग्ने मुकुण्डे खोलालाई आफनो कम्पाउण्ड भित्र पारी सार्बजनिक जमिन समेत अतिक्रण गरी श्रेष्ठले करोडौं लगानीमा पिकनिक स्पोर्ट, फनपार्क सहितको भब्य रिसोर्ट बनाउन लागेका हुन् ।

हाल फनपार्क र पिकनिक स्पोर्ट सञ्चालनमा आईसकेको छ भने रिर्सोट निमार्णकै क्रममा रहेको छ ।  पार्कमा दैनिक हजारको हाराहारीमा मानिसहरु घुम्न आउने गरेका छन् ।

पार्कमा पिकनिक खान आउने एउटा समूहले पार्क भित्र प्रबेश गरेबापत रु दुई हजार बुझउनुपर्ने ब्यवस्था गरिएको छ । पार्क सञ्चालनमा आएसँगै शान्ती सिर्जना युवा कल्बले प्रयोग गर्दै आईरहेको दिब्यपुरीको सबैभन्दा पुरानो खेल मैंदान समेत मासिएको छ ।

एक गोप्य श्रोतले दिएको सुचना अनुसार रिर्सोट सञ्चालकले नगरपालिकाको मापदण्ड बिपरित नक्सा पास नगरिकन, कतिपय नक्सापास गरेपनि त्यो देखावटी तथा डिजाईन बिपरितको फिल्ड र भवनहरु बनाएको, खोलामा अबैध रुपमा मापदण्ड बिपरित पर्खाल लगाएको, नारायणी नदी र मुकुण्डे खोलालाई अबैध रुपमा दोहन गर्नुको साथै नदी जन्य पदार्थको मनलाग्दी उत्खनन्, निर्माण कार्यमा प्रयोग तथा डम्पीङ्ग गरेको मात्र नभई खोलालाई अबैध रुपमा बाँध बनाई बोटीङ्गको लागी पोखरी तथा तलाउ बनाएको पाईएको छ ।

रिर्सोट सञ्चालक श्रेष्ठले पार्क भित्र हर्स राईडिङ्ग, बोटीङ्ग, रोङ्गटे पिङ्ग, सुबिधा स्टोर्स नामको प्रोभिजनल स्टोर्स तथा मदिराशप, रेष्टुरेण्ट लगाएतका पसल लगाएत फनपार्क सञ्थालन गरी पिकनिकको लागी प्रति समूह दुईहजार रकम लिएपनि बिल नदिने गरेको र ब्यापक मात्रमा कर छली गर्ने गरेको श्रोतको दाबी छ ।

श्रोत भन्छ दैनिक खर्च कटाएर करिब तिन लाख भन्दा बढीको कमाई भएपनि सञ्चालकले बिल नदिने गरेकाले सरकारी राजस्व र आयकर समेत ब्यापक मात्रमा छली भईरहेको छ, श्रोतका अनुसार पिकनिक खान आउने समूहहरुले चर्को चर्को आवाजमा माईक तथा डिजेहरु बजाँउदा नजिकै रहेको बफरजोन र राष्ट्रिय निकुञ्जका बन्यजन्तुहरुलाई समेत असर पर्ने गरेको छ ।

पिकनिक खान आउनेगरेकाहरुको कारण नारायणी र मुकुण्डे खोला दिन प्रतिदिन प्रदुषित समेत बन्दैं गईरहेपनि सरोकारवाला पक्षहरु मुकर्दशक बसेको भन्दै स्थानियस्तरमा निरन्तर बिरोध  भईरहेको छ । बिरोध बढदै जाँदा त्यो सामाजिक सञ्जालमा समेत देखिन शुरु गरेको छ ।

स्थानिय युवा ब्यबसायी बाबुराम घिमिरेले भने सार्बजनिक जग्गामा यसरी एक ब्यक्तिले हडपेको देखि देखि नगरपालिका र सम्बन्धित पक्षहरु किन चुपचाप छन बुझ्न नसकिएको भन्दै सार्बजनि सम्पतिको संरक्षणको लागी अब स्थानियहरु नै लाग्न अपिल गरेका छन् ।

घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा समेत बिरोधको स्वरलाई बुलन्दीत बनाएका छन् । त्यस्तै देबचुलीका डि आर क्षेत्री, रोशन पौडेल लगाएतका स्थानियहरुले सार्बजनिक जग्गा अतिक्रमण गरिएको विषयमा खुलेरै बिरोध गरेका छन् । 

त्यस्तै वडा न. १ का अध्यक्ष लक्ष्मण भण्डारी र वडा न. १७ का अध्यक्ष विष्णु आचार्यले भने आफुहरुले नगरपालिकाबाट ईनजीनियर लगी डिर्माकेशन गरि २२ वटा पिल्लर गाडिएको जानकारी दिए ।

पार्क सञ्चालक श्रेष्ठले नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन् र डम्पिङ्ग गरिरहेको स्वंय आफ्नो आँखाले देखिरहेको र यस विषयमा नगरपालिकामा मेयरलाई जाहेर गरिसकेको जानकारी दिए । वडा कार्यालयले यस विषयमा नगरपालिकामा निवेदन दिईसकेकोले थप अनुसन्धान र काबाही नगरपालिकाले नैं गनुपर्ने वडाध्यक्षको भनाई छ ।

यता, यस विषयमा के एउटा ब्यक्तिले  खुलेआम सार्बजनिक जमिन हडपी आफ्नो ब्यापार गर्छ अनि तपाईहरु स्थानिय सरकार किन मुकदर्शक बनि बसिरहनु भएको छ भनि हामीले देचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठलाई सोध्यौं ।

उनले भने देबचुली नगरपालिकामा सार्बजनिक जग्गा हडप्नेक्रम बढिरहेको पाईएकाले त्यस्ता अतिक्रमण रोक्न र सार्बजनिक सम्पतिको संरक्षणको लागी नगरपालिकाले आवश्यक छानविन तथा कार्बाही गर्ने बताए ।

उनले भने मेघा पार्कमा अतिक्रमण भएको जमिनमा कुनैं संरचना नबनाउन पार्क सञ्चालकलाई नगरपालिकाले भनिसकेको र सिमांकन समेत गरिएकाले अटेर गरेमा प्रदेश सरकार सँग समन्वय गरि कार्बाही गरिने जानकारी दिए । 

नगरपालिकाको निर्देशनलाई समेत लत्याउदैं पार्क सञ्चालकले मनलाग्दी नदी उत्खनन् र साबजनिक जग्गा हडप्ने कार्य अझैं रोकिएको छैन् ।

यसैविच, यस विषयमा मेघा रिर्सोटका सञ्चालक सिद्ध कुमार श्रेष्ठसँग बुझ्दा उनले आफुले कुनै सार्बजनिक जग्गा अतिक्रमण नगरेको बरु त्यस क्षेत्रको बिकासको लागी केही गर्न खोजेको बताए ।

श्रेष्ठले भने मैलै त्याँहाका गाँउलेहरुसँग जमिन लिदा नैं आठ नम्बरी पनि लिएको हुँ, त्यसैलाई सार्बजनिक भनेका हुनसक्छन्, त्यस्मा मैले जे गरेपनि अरुलाई किन टाउको दुख्नुप¥यो १ । उनले आफुले सार्बजनिक जग्गा भोगचलन गर्न पाउनुपर्ने जिकिर गरे ।

यसरी पैंसा र शक्ती हुनेले  ब्यापार ब्यबसायको नाममा खुलेआम रुपमा प्राकृतीक श्रोत माथी ब्रम्हलुट र सार्बजनिक जमिन अतिक्रमण गर्दै जाने हो भने भोली स्थिती के हुने ?

के स्थानिय सरकारको रुपमा रहेको नगरपालिकाले यस बिषयमा तत्काल एक्शन लिनुपर्ने होईन ? जरा गाडीसकेपछी उखेल्न ग्राहो हुनसक्छ, अहिले नै विचार पु¥याउन नसके भोली बिरोध गर्न खोजेर पनि केही हुदैंन् ।

तसर्थ स्थानिय सरकारले जनताको मर्म र भावना अनुसार सार्बजनिक सम्पतिको रुपमा रहेका सार्बजकि जग्गा जमिनहरुको संरक्षणमा लाग्न अब ढिला गर्नुहुदैंन ।

सिद्ध कुमार श्रेष्ठ जस्ता एकाध ब्यापारी र पँहुचवालाहरुले पैसाको बलमा गर्न खोज्ने गलत कार्यलाई बेलैमा लगाम लगाउन नसकेमा जनप्रतिनिधीहरु के का लागी ? , जनताको करमा मोजमस्ती गर्न ?

स्थानिय सरकारको काम के ठुला र पहुँचवालाहरुलाई राष्ट्रको प्राकृतीक श्रोत साधनमा लुटधन्दा मच्चाउन छुट दिने अनि गरिब र शक्तिहिनहरुलाई कानुनको पाठ सिकाउन हो र ?

नगरपालिका यस्तैं मुकर्दशक बन्दै जाने हो भने स्थानिय सरकार र स्थानिय जनप्रतिनिधीहरुको को औचित्य को बारेमा आम नागरिकमा सन्देह पैंदा हुन सक्छ । यस विषयमा स्थानिय सरकारको रुपमा रहेको नगरपालिका के हेरेर बसिरहेको छ  ? भनि आम स्थानियले प्रश्न गरिरहेका छन्

। यसर्थ यस्तो सार्बजनिक हित एंव सरोकार र सम्पतिको विषयमा जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, संसदको सार्बजनिक हित समिती  लगायतका राष्ट्रका अन्य जिम्मेवार निकायहरुलाई जनताको तर्फबाट हामी देश र जनताप्रति बफादार एवं जिम्मेवार हुन अपिल गर्दछौं । यस विषयमा अझैं हाम्रो बिस्तृप्त खोजविन जारी रहनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan