Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वको धनी सूचीमा परेका विनोद चौधरी कांग्रेसको महासमिति सदस्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २ सोमबार |
newsabhiyan
newsabhiyan

 
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार उद्योगपति विनोद चौधरी र अर्थविद् स्वर्णिम वाग्लेलाई महासमितिमा मनोनीत गरेका छन् ।

चौधरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । 

वाग्ले महासमिति भेलामा पेश भएको आर्थिक नीति बनाउने समितिमा समेत सहभागी थिए । देउवाले अनिल रूंगटा, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरीलाई पनि महासमिति सदस्यमा मनोनित गरेका छन् ।

उद्योगी रूंगटा पर्साबाट निर्वाचित पूर्वसभासद् हुन् । दीपक अधिकारी सर्लाहीका कांग्रेस नेता हुन् भने नेविसंघका पूर्वनेता रहिसकेका छन् । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीका नेपाली कांग्रेस नेता हुन् । पर्साका सुरेन्द्र चौधरी पूर्वमन्त्री हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan