Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोबाइल एप्स् सेवा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष ४ बुधबार | (रासस)
newsabhiyan

नेपालगञ्ज, ४ पुस । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।

एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो ।

सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मङ्गलबार विधिवत् रुपमा शुभारम्भ गर्नुभयो । अध्यक्ष कक्षपतिले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको बताउनुभयो ।

एप्स्बाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने बताइएको छ । यसअघि गाउँपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइनमार्फत सञ्चालनमा ल्याइएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan