Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङबाटै दैनिक हवाई सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष ९ सोमबार |
newsabhiyan

नारायणपुर, ९ पुस (रासस) : सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ ।

नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार यही पुस १२ गतेबाट लागू हुने गरी दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।
दैनिक हवाई सेवा सञ्चालन हुँदा निकै उत्साहित बनाएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो । उहाँले दैनिक विमान सेवा सञ्चालन गर्न सफल भएकामा उपमहानगरपालिकालाई धन्यवादसमेत दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले दैनिक विमान सेवा सञ्चालन हुनु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो ।
नगरप्रमुख घनश्याम पाण्डेले जनताका माझमा गरेको वाचा पूरा भएको बताउनुभयो । उहाँले विमान सेवा दैनिक सञ्चालनका लागि अग्रसरता देखाउने नेपाल वायुसेवा निगमप्रति आभारसमेत व्यक्त गर्नुभयो । उहाँले इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डरसमेत भइसकेको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan