Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यापार घाटा ३७ प्रतिशत बढ्यो, चार महिनाको व्यापारघाटा चार खर्ब ५४ अर्ब

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १० मंगलबार |
newsabhiyan
newsabhiyan

सुरेश राउत, काडमाडौं, १० पुुस । कुुल वस्तु व्यापारघाटा ३७ दशमलव आठ प्रतिशतले बढेर चार खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ पुुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो चार महिनाको प्रतिवेदनअनुसार व्यापारघाटा बढेर उक्त अनुुपातमा पुुगेको हो ।

प्रतिवेदनअनुसार चालू आवको पछिल्लो चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले बढेर २९ अर्ब २८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दशमलव एक प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात सात दशमलव चार प्रतिशत रहेको थियो। गन्तव्यका आधारमा भारततर्फ १८ दशमलव तीनप्रतिशत, चीनतर्फ आठ दशमलव नौ प्रतिशत र अन्य मुलुकतर्फ दुुई दशमलव दुुई प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ । तर यसबीचमा अलैँची, रोजिन, छाला, जुत्ता, जी.आई. पाइपलगायतका वस्तुहरुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा कुल वस्तु आयात भने ३५ दशमलव आठ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७६ करोड पुगेको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

व्यापार घाटा ३७ प्रतिशत बढ्यो, चार महिनाको व्यापारघाटा चार खर्ब ५४ अर्ब

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan