Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिसीटिभी जडानको अनुमति नलिए कारवाही गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष ११ बुधबार | (रासस)
newsabhiyan
newsabhiyan

बैतडी, ११ पुस । जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् ।

गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिनुभयो ।

कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा दिएको थियो ।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणलाई प्रभावकारी बनाउने प्रयोजनका लागि सिसीटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकाले अनुमति लिन आग्रह गरिएको थियो ।

प्रशासनले दिएको उक्त ३५ दिने समयसीमा समाप्त भइसक्दासमेत यहाँका सिसीटिभी प्रयोगकर्ताले अटेरी गरेका छन् । तर समयसीमाभित्रै विभिन्न सिसीटिभीका पाँच प्रयोगकर्ताले अनुमतिका लागि निवेदन दिएको छ ।

दोगडाकेदार गाउँपालिका, राष्ट्रिय वाणिज्य बैंक, स्मार्ट अपसेट प्रेस, मेघा बैंक र एनसिसी बैंकले सिसीटिभी जडानको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

बैतडी जिल्लाभरि सिसीटिभी प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि १०० को हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ ।

कार्यविधि विपरित सिसीटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

सिसीटिभी जडान एवं सञ्चालनका लागि अनुमति लिए नलिएको बारे अनुगमन गरिने र अनुगमनका क्रममा नलिएको भए कारवाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

कार्यविधिअनुसार सिसीटिभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्य दृश्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि तीन महीनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan