Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १२ बिहिबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan


गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय  बैठकको सबै तयारी  युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ ।आयोजक राष्ट्रएनआरएनए एनसिसि युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यही २९- ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।                             

बैठकको उदघाटन  युगान्डा सरकारका  राष्ट्रपति कार्यालय  हेर्ने  मन्त्री इस्थर बुलाकुबुजा बायोले  गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजि  क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन  र नेपाल सङ्ग साझेदारीका सम्भावना बारे कार्यपत्रहरु प्रस्तुत हुनेछन । गैरआवासीय नेपाली बिज्ञहरु द्वारा अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने छ ।

बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साटन सकिने विषयमाथी समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली  र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ  ।               

बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल समेत संघका अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पुर्ब अध्यक्ष तथा संरक्षक  जीवा लामिछाने लगायत पदाधिकारीहरुको उपस्थिती रहने भएको छ  ।  मुल कार्यक्रम  बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन  सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan