Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १३ शुक्रबार | (रासस)
newsabhiyan

धम्बोझी, १३ पुस : नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ ।

नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताउनुभयो ।

नागरिकका लागि विश्राम गर्न बनाइएको प्रतिक्षालयमा रातो रङ्गको टेण्ट खडा गरी मोबाइल एपबाट रकम ट्रान्सफर गरी छिटो विद्युत् महसुल बुझाउन सकिने भन्दै उपभोक्तालाई आकर्षित गरिरहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको काउण्टरमा छुट दिने गरिएको छ । केही महीनादेखि कार्यालय परिसरभित्र रहेका काउण्टरबाटै इ–सेवा प्रदान गर्नेे निजी क्षेत्रका कम्पनीले उपभोक्तालाई आकर्षित गरिरहेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan