Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘जे बोल्छ त्यही गर्ने व्यक्ति भगवान हो’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १७ मंगलबार |
newsabhiyan
newsabhiyan

स्वामी सत्यव्रत, यस अन्तर्गत आन्तरिक रुपमा हेर्दा भनेको गर्ने भन्न वित्तिकै समझ्दारी र जिम्मेवारी पर्दछन् अनि अनुशासन प्राथमिक रुपमा लिन सकिन्छ र ईमान्दारीतालाई जागरणको रुपमा निर्विवाद रुपमा लिन सकिन्छ ।

किनकि जबसम्म मानिस जागरणमा आउँदैन तबसम्म उसले ईमान्दारीता निभाउन सक्दैन । यसको मूल कारण जागरण र ईमान्दारीता भन्ने स्वयंद्वारा आउने शाश्वत सत्य हुन् भने अनुशासन अरुद्वारा थोपरिएका बन्धन नै हो । अनुशासन अरुद्वारा दिइन्छ भने जागरण स्वयंद्वारा प्राप्त शाश्वत सत्य हो, जसलाई ईमान्दारीता भन्न सकिन्छ ।

कुनै पनि व्यक्तिले जे भन्छ त्यसै अनुसार कार्य गर्नको लागि ठूलो मूल्य चुकाउन तैयार हुनु पर्छ । हामीहरुले आजसम्मको इतिहास हेर्यौ भने पनि बलिराजाले आफ्नो दैत्य गुरु शुक्राचार्यले बामन अवतारमा आएका विष्णु भगवानको रहस्य बताइ दिदा पनि उनले भने मैले दान दिनको लागि संकल्प गरिसकेँ अब जे जस्तो परिस्थिति आई परे पनि म पछि हट्न सक्दिन, मेरो अगाडि भगवान नै आए पनि म तैयार छु भनी भने अनुसारको कार्य गर्नको लागि आफ्नो जीवन नै अर्पण गर्नु पर्यो ।

कर्णले आफ्नो बचन पूरा गर्नको लागि इन्द्रले आफ्नो पुत्र अर्जुनको जीवन रक्षाको लागि छल गरेर कवच, कुण्डल मागेका हुन् र त्यो दिनाले आफूले हार वेहोर्नु पर्छ भन्ने थाहा पाइ पाइकन पनि आफ्नो वचनको पक्का भएकाले कवच कुण्डल दिनुको साथै माता कुन्तीलाई दिएको वचन पूरा गर्नको लागि पनि आफ्नो जीवन नै आहुति दिए ।

त्यसै गरी दुर्योधनलाई साथ दिने वचन दिएकाले आफ्नो जीवनको कटुसत्य थाहा पाएर पनि कर्णले पलपलमा मर्नु पर्ने बाध्यतालाई सहन गर्दै भगवानकै श्रेयमा जीवन जिएँ । रामले आफूले आफ्नो पिताको वचन पूरा गर्ने प्रण अनुसार वचन पुरा गर्नको लागि १४ वर्ष बनबास जानु पर्यो “रघुकुल ऋति सदा चली आई प्राण जाऊँ बरु वचन नजाई ।”

त्यस्तै भिष्म पितामहाले पनि जीवनमा धेरै वचन पूरा गरेका छन्, त्यसमा पनि गन्न योग्य उनले बोलेका र पुरा गरेका शाश्वततामध्ये यी तीन वटालाई विर्सन सकिन्न – एउटा त आफ्नो बाबुको खुसीका लागि आजीवन अखण्ड ब्रह्मश्चर्य पालना गर्ने (विवाह नगर्ने), यहाँ एउटा सानो प्रसङ्ग के जोड्न चाहेँ भने हाम्रो सामु इतिहास साक्षी छ कि भारतको शंकर रोडमा शिषगञ्ज भन्ने एउटा ठाउँ छ, त्यहाँ सरदार टेक बहादुर सिंहले आफ्नो छोरो सरदार गोविन्द सिंहले बुबा यदि औरङ्गजेवले मुगल साम्राज्यबाट हाम्रो हिन्दू राज्य फिर्ता गर्नको लागि एक जना धर्म गुरुको बलिदानलाई हतियार बनाएको छ भने हजूरले बलिदान दिनुहोस् भन्दा निसंकोच टेक बहादुर सिंहले आप्mनो शिर कटाएका थिए, त्यही ठाउँलाई अहिले शिषगञ्ज भनेर नामाकरण गरिएको छ ।

यो प्रसङ्ग किन राखेको हुँ भने सत्य कामको लागि छोराले भनेको बाबुले पनि मानेका थिए भन्ने उदाहरण पनि इतिहासमा छन् भन्नको लागि हो र विषय बस्तु महत्वपूर्ण पक्ष हो भन्ने तर्फ पनि मेरो इशारा हो । दोस्रोमा जबसम्म हस्तिनापुर सुरक्षित हुँदैन तबसम्म आफूले मृत्यु वरण नगर्ने वचन र त्यो वचन पूरा गर्नको लागि इच्छा मरणको बरदान लिएर बसेका हुनाले वाणको शैयामा सुत्नु पर्यो ।

तेस्रोमा उनी कुनै पनि नियमको उलंघन नगर्ने रणकुशल योद्धा भएकाले उनले महिलामाथि हतियार नचलाउने वचन र नीति पालना गर्ने भएकोले आफूले नै उपाय बताइ दिएर सिखण्डीको नारी रुपमाथि बाण चलाएनन् ।

कुनै विशेष कारणको लागि किन नहोस्, जसका लागि नारदजी माध्याम त हुनु भयो तथापि कुनै पनि पत्नीले आफ्नो पति परस्त्री गमन नगरोस् भन्दछन् तर विधिको लिला पार्वती, लक्ष्मी र सरस्वतीको जिद्धिका कारण ब्रह्मा, विष्णु र महेश्वर नै अनुसुयाको सतित्व डगाउने कुत्सित मनसायपूर्वक अत्रि ऋषि नभएको मौका छोपी मुनिबरको भेषमा भिक्षाटनको बहानामा अनुसुयासँग रात बिताउन पाऊँ र स्तनपान पनि गर्न पाऊँ भन्दा कसैको पनि भनाइलाई पुरा गर्ने अनुसुयाको वचन पालना गर्नको लागि अनुसुयाले थाहा पाइकन पनि ब्रह्मा, विष्णु र महेश्वरलाई  तपोबलले तीनवटा बच्चा बनाइ दिएर कोक्रामा राख्नु पर्यो, स्तनपान गराउँनु प–यो ।

त्यसैले भने अनुसारको कार्य गर्नको लागि अति नै सावधान हुनु जरुरी छ । जे बोल्छौँ त्यही गर्नको लागि विभिन्न परिस्थितिहरु विभिन्न प्रकारले बाधक बन्न सक्छन्, त्यस्ता परिस्थितिहरुको सामना गर्नु भनेको आफ्नो व्यक्तिगत जीवनलाई लगभग बलिदान नै दिनु पर्ने हुन्छ र यसरी जे बोल्छौँ त्यही गर्ने गर्न सकेमा त्यो व्यक्ति भगवान नै हो । यदि यस धर्तीमा सबैले यस तर्पm ध्यान दिएर कार्य गर्ने हो भने यो धर्ती स्वर्ग बन्ने छ र यहाँ बस्ने मानिसहरु सबै देवता नै बन्ने छन् ।

अतः यसको लागि व्यक्ति आफैमा समझ्दारी, जिम्मेवार र ईमान्दार हुनु जरुरी छ, आफैलाई धोका दिनु र आत्मा ग्लानीमा पर्नुभन्दा ठूलो पाप केही होइन र मानिसले जब बोलेको जिम्मेवारी पूरा गर्न सक्दैन, त्यति बेला उसलाई आत्मा ग्लानी हुन्छ र आत्मा ग्लानीले रोग निम्त्याउँछ । जस्तै डाइवेटिक, हाइ ब्लड प्रेसर, माइग्रेन, डिप्रेसन जस्ता रोगहरु लाग्दछन् । अब –

समझ्दारी 
१)  जे बोल्छौँ त्यही गर्ने जिम्मेवारी
२)  अनुशासन
३)  ईमान्दारी (जागरण)

यी पाँच वटा शिर्षक यसले संपूर्णलाई समेट्छ । भने अनुसार कर्म गर्ने भन्नुको कारण समझ्दार भएर कार्य गर्नु पर्यो, भने अनुसार कार्य गर्नको लागि समझ्दार र जिम्मेवार हुनु पर्ने हुन्छ । अनुशासन कहाँ चाहिन्छ भन्दा खास गरीकन विद्यालयमा, कक्षा कोठामा, मासमा हरेक ठाउँमा जहाँ केही शाश्वत कुराहरुलाई सिकाइन्छ । अनुशासन भ¥याङ हो त्यसपछि अन्त्यमा पाउने भनेको जागरण हो, जसलाई ईमान्दारी पनि भन्न अन्यथा हुँदैन । अब यिनीहरुको बारेमा यहाँ केही जानकारी समेत राखौँ –

१)  जे बोल्छौँ त्यही गर्ने
जिम्मेवारी
समझ्दारी (Understanding) 
कुनै पनि कार्य क्षेत्रमा मानिसले सफलता प्राप्त गर्नको लागि, सफल जीवन जिउनको लागि व्यक्तिमा समभ्mदारी हुनु जरुरी छ । हाम्रो समाजमा भनसुनको जगमा र आधारमा कुनै व्यक्तिलाई जिम्मेवार पूर्ण कार्यहरुको कार्यभार सुम्पने गर्दछन् । यो विडम्बना हो, हाम्रा मानिस राम्रा होइनन् कि राम्रा मानिसहरु हाम्रा हुन् भन्ने सिद्धान्तलाई स्थापित गर्नु जरुरी छ ।

त्यस्ता व्यक्तिबाट समभ्mदारी पूर्वक काम भएन भनेर नारा, जुलुस गर्न शुरु गर्छन्, यहाँ धर्मको मूलमा नै भूल भएको छ । प्रक्रियामा नै ठूलो त्रुटि भएको छ । पहिले सक्षम बनाएर मात्र त्यस पदमा जहाँ व्यक्तिलाई पदास्थापन गराइन्छ – राख्नु पर्दछ । त्यो पदमा रहेर काम गर्ने समझ् व्यक्तिमा हुनु पर्छ । कुनै पनि पदमा पुग्नु ठूलो पक्ष होइन तर त्यस पदमा रहेर सफलता पूर्वक कार्य गर्न सक्नु भनेको महत्वपूर्ण पक्ष हो ।

राजनीतिक क्षेत्रमा पनि जुन आरक्षणको व्यबस्था गरिएको छ, ठाउँ नपाएका मानिसहरुले ठाउँ पाउलान् तर त्यसले राष्ट्रलाई खोक्रो बनाइदिन्छ, दुर्गतितिर लैजान्छ – प्रगतितिर होइन, आरक्षण होइन सक्षमताको आवश्यकता छ । पिछडा, जन–जाति, दलितहरुलाई पहिले सक्षम बनाउँने कार्यमा राज्यले ध्यान दिनु जरुरी छ ।

स्तर उन्नतिमा जोड दिनु पर्दछ, मानिसमा सही प्रकारको समझ्दारी हुनु जरुरी छ, उसको दृष्टि बदलिनु जरुरी छ, अधिकार मात्र दिदैमा विकास हुन सक्दैन । आरक्षणको नाममा क्षमता विहीन मानिसलाई पदमा आसिन गराउँन सकिन्न उसलाई सक्षम हुने अवसर दिनु राज्यको धर्म हो ।

जे बोल्छ त्यसै अनुसार कार्य गर्ने व्यक्ति र कर्तव्य बोध गर्न सक्ने शक्ति व्यक्तिमा हुनु जरुरी छ, यो व्यक्ति स्वयम्ले आर्जन गर्नु पर्दछ तर उसले अवसर पाउँनु पर्दछ, फेरी जान्नु पर्ने के हो भने जो विवेक ज्ञानबाट सञ्चालित छ, उसले अवसर सिर्जना गर्दछ, आफैले अवसर क्रियट गर्दछ तर जो अभ्यास ज्ञानबाट सञ्चालित छ वा भनौँ सक्षम छैन, आरक्षणमा हुर्किएको छ, उसको लागि अवसर अरुले दिनु पर्ने हुन्छ ।

बोकेर हिडेको कुकुरले मृग मार्न सक्दैन, पात्र पनि सही हुनु जरुरी छ । यो नै सच्चा अध्यात्म हो, सच्चा समझ्दारी हो । बुझ्ने तपार्ईँहरुले हो कसरी बुझ्नु हुन्छ वा तपार्ईँमा कुन प्रकारको बुझ्ने क्षमता छ, त्यो हरेक व्यक्तिले आफैले आफूलाई जाँच्ने कुरा हो, जसलाई सेल्फ इन्ट्रोष्पेक्सन भनिन्छ – आरक्षणलाई नै प्रश्रय दिने हो भने बाँदरको हातमा नरिवल जस्तै हुने छ, राज्यमा अराजकता फैलिने छ “अन्धेर नगरी चौपट्ट राजा, टकेश्वर बाजा टकेश्वर खाजा” जस्तै हुने छ ।

लाटो देशको गाँडो तन्नेरी त हुने छ तर त्यसबाट विकासको आशा गर्न सकिदैन, विकास सम्भब छैन । यसको अर्थ मैले पछाडि परेको बर्गलाई अधिकार नदिने भनेको हैन, म पछाडि परेका वर्गहरुलाई उठाउँनु पर्छ भन्ने विचारको, धारणाको पक्षधर हुँ, यसको अर्थ त्यसो गर्नु हुन्न भन्नेको विरोधी पनि होइन । एउटा उदाहरण दिन चाहन्छु, मानिसले आफ्नो मानसिकता रुपान्तरण गर्नु पर्ने हुन्छ ।

एउटा गरीव परिबारमा जन्मिएको व्यक्ति उसको आयस्रोत केही पनि थिएन, उसले विहान वेलुका हात मुख जोर्नको लागि भिक्षाटन गर्ने गर्दथ्यो । उसलाई एउटा परिक्षा लिइएछ, त्यो परीक्षा लिने व्यक्ति ए, वि, सि, डि कोही पनि हुन सक्थ्यो र अझ भनौँ भगवानले उसको कसी जाँच्नु भएछ वा परीक्षा लिनु भएछ । मैले यहाँ फेरी लामो बाटो लैजान चाहन्न, त्यो के भने भगवान को हो ? भगवान छ कि छैन ?

यसको बारेमा मैले छुट्टै शीर्षकमा प्रष्ट पारिसकेको छु । अन्धकारमा मैले कसैलाई पनि राख्न चाहन्न र म अन्धकारमा रहन पनि चाहन्न । अब भगवानले त्यो दयानीय जीवन जिएको भिखारीलाई स्वयम् उपस्थित भएर सोध्नु भएछ – तिमीले यस्तो दुःखमा परेको मैले हेर्न सकिन, तिमीलाई मैले एक करोड रुपैयाँ दिन्छु, त्यसबाट तिम्रो रामै्र गुजारा हुन्छ, अब मलाई बताऊ कि तिमीले त्यो एक करोडले के गर्छौैँ ।

त्यो भिखारीले भनेछ – प्रभू, मेरो अहोभाग्य हजूरले त्यति गरिदिए त मलाई यस्तो दुःख हुने थिइन । मैले ५० लाखको एउटा सुविधा सम्पन्न घर बनाउँछु र ५० लाखको एउटा राम्रो गाडि किन्छु र त्यसैमा चढेर भिक्षा माग्न जान्छु । भगवान हैरान हुनु भएछ, उसको मानसिकता भनेको मागेर नै खाने बनिसकेको थियो । पहिले त उसको मानसिकतामा रुपान्तरण आउनु जरुरी छ ।

काम गरेर खाने, कुनै उद्योग धन्दा गर्ने उसको बानी नै छैन, दश घर चहारेर जिविका चलाउने बानी उसलाई परिसकेको छ । यो अहिलेको आरक्षण पनि यस्तै अभिसाप सिद्ध हुने छ, यसमा उच्च पदस्थ अख्तियार प्राप्त व्यक्तिमा समझ् आउनु जरुरी छ ।

यसको सही कार्यन्वयनको लागि निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्नु जरुरी छ, यस्तो समभ्m सासूमा आउनु जरुरी छ, बुहारीमा आएर काम छैन । कराही नताती विड (कराहा) तात्न सक्दैन र त्यस्तो आशा गर्नु अज्ञानता हो ।

व्यक्तिमा त्यो समझ् हुनु जरुरी छ, त्यो विवेक ज्ञान हुनु जरुरी छ, विवेक ज्ञान सिद्धान्त होइन, व्यबहार हो, आपूmले जानेका – बुझेका सैद्धान्तिक ज्ञानलाई व्यबहारमा उतार्न वित्तिकै त्यो विवेक ज्ञानमा रुपान्तरण हुन्छ, "Who moves Idea but Idea moves the world."


समझ्दारी भन्नाले सामान्य रुपमा बुद्धिमत्ता ढङ्गले कार्य गर्ने भन्ने बुझिन्छ । यसको अर्थ सम्झेर र बुझेर गरिने कार्य हो । सम्झनु मष्तिस्कको काम हो भने बुझ्नु बुद्धिको काम हो, यहाँ एउटा शाश्वत सत्य के छिपेको छ भने हामीहरुले चिदाभाष भन्दछौ नि, त्यो के हो भने कुनै पनि कार्य जब गरिन्छ, हामीहरु सबैलाई लाग्दछ कि त्यो कार्य बुद्धिले गरेको हो तर त्यस्ता कार्यहरु बुद्धिद्वारा गरिएका हैनन् ।

ती कार्यहरु आत्माको प्रकासमा गरिएका हुन्, त्यसलाई आत्मासात गर्नु पर्ने हुन्छ । त्यही आत्माको प्रकाश बुद्धिमा पर्छ तर मानिसहरुले त्यसको आभास गर्न सक्दैनन्, त्यसैलाई चिदाभास भनिन्छ । आगोले फलाम तात्छ र त्यसले पोल्छ, हामीहरुले के ठान्छौ, त्यो फलामले पोल्यो तर हैन फलामले पोलेको हैन, पोलेको आगोले हो तर चिदाभाष के भयो त ?

भन्दा फलामले पोलेको भयो फलामको स्वभाव पोल्ने होइन, फलामको स्वभाव तातो होइन, चिसो हो, जसरी आत्माको बदलामा बुद्धिले काम गरेको आभाष भएको थियो । दाउरामा आगो छिपेको हुन्छ तर हामीहरुले त्यो देख्न सक्दैनौँ, दुधमा घिऊ रहेको हुन्छ त्यो पनि हाम्रा सामान्य आँखाले देख्न र बोध गर्न सक्दैनन् ।

के हो त समझ्दारी ? शरीरभित्र आत्माको बास हुन्छ वा आत्मा छिपेको हुन्छ तर अधिक मानिसहरुले त्यसलाई पनि बोध गर्न सकेका हुँदैनन् । मैले यहाँ के भन्न खोजेको हुँ भने जे देखिन्छ त्यो मात्रै सत्य होइन । जे जानिन्छ त्यो मात्रै अन्तिम उपलब्धी होइन, जीवनमा नयाँ नयाँ आयामहरु थ्पिदै जान्छन्, त्यसलाई आत्मसात गर्नु पर्ने हुन्छ ।  

अब राम्ररी हेर्ने हो भने यी जीवनका पाँच तत्वहरु एक आपसमा अन्तर सम्बन्ध राख्छन्, ईमान्दारी पूर्वक गरिने कार्य नै समझ्दारी मानिन्छ । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि, समझ्प नि आफ्ना आफ्नै हुन्छन् । हरेक क्षेत्रमा भिन्न प्रकारको समझ्को आवश्यक हुन्छ ।

कुनै कार्य इशारालाई सम्झिएर पनि गर्नु पर्ने हुन्छ, त्यसलाई पनि समझ्दारी भनिन्छ । एउटा किसानले आफ्नो खेत बारीमा कार्य गर्दा ठीक समयमा गर्नु त्यस किसानको समझ्दारी हो भने एउटा विद्यार्थीले आफ्नो कर्म कर्तव्य ठीक ठीक समयमा गर्नु उसको समझ्मा भर पर्ने कुरा हो ।

आत्माको प्रकासमा बुद्धिद्वारा सम्झेर, सोचेर, बुझेर, विचार पुर्याएर गरिने कार्यहरु नै समझ्दारी पूर्वक गरिएका कार्यहरु हुन् । हामीहरुले जे बोल्छौँ, त्यो गर्नको लागि पहिले समझ्मा निखार आउनु पर्छ तब मात्रै हामीहरुले जिम्मेवारी बोध गर्न सक्छौँ ।  

जिम्मेवारी  (Responsibility) 
Responsibility is not obligation, Responsibility is not duty, Responsibility is capacity to response." जब कसैले कुनै अर्को व्यक्तिलाई गाली गर्छ भने आन्तरिक रुपमा त्यो व्यक्तिलाई त्यही बन्ने इच्छा तीव्र रुपमा हुन्छ ।

छोटकरीमा केही हेरौँ त्यो के भने व्यक्तिले आफ्ना दुर्गुण आफै देख्न सक्दैन, जबसम्म उसले आफैभित्रको यात्रा गरेको हुँदैन । अरुको शरीरको जुम्रा देख्ने तर आफ्नो शरीरको भैसी पनि नदेख्ने खालका प्रवृत्ति भएका व्यक्तिहरु यस धर्तीमा यत्रतत्र सवत्र देख्न पाइन्छ । 

जर्ज बर्नाड शाँलाई अमेरीकाले एउटा भव्य उपस्थितिमा बक्तव्यको लागि बोलाउँदा उनले जान अस्वीकार गरे उनले भनेका थिए रे – अमेरीका भनेको साम्राज्यवादी नीति लिएर काम गर्ने राज्य, त्यहाँ जत्तिको हत्या हिँसा विश्वमा नै अन्यत्र विरलै हुन्छन् होला तर मानव अधिकारका कुरा गर्ने, स्वतन्त्रताका कुरा गर्ने, समानताका कुरा गर्ने गरेर विश्वमा नै भ्रमको जालो पैmलाएको छ ...... आदि आदि भनेर जहाँ जहाँ पुग्छन् उनको काम नै अमेरीकाको बखत्याई गर्नु मात्र रह्यो यसले गर्दा उनको महत्वपूर्ण समय त्यसैमा खर्चियो ।

अन्त्यमा उनी अमेरीकामा पुगे अनि उनलाई आयोजकहरुले सम्मान पूर्वक बोल्नको लागि मञ्चमा बोलाए । उनले सुरुमा नै भने कि लाखौ लाखको उपस्थिति बीचमा यहाँ उपस्थित जन समुदायमा ५० प्रतिशत मूर्खमात्रै छन् । अब विचार गर्नुहोस् त अवस्था कस्तो भयो होला, त्यहाँको वातावरण थामी नसक्नु भयो, चारैतिरबाट हो हल्ला हुन थाल्यो, आयोजकलाई व्यबस्था मिलाउन हम्मे हम्मे पर्यो ।

आयोजकले भने कि यो के गर्नु भएको आफ्नो भनाईलाई तपार्ईँले सच्चाउनु पर्छ । जर्ज बर्नाड शाँले भने ठीक छ – म सच्चाउन तयार छु, उनले फेरी भने कि यहाँ उपस्थित जन समूदायमा ५० प्रतिशत महान् विद्वान हुनुहुन्छ – त्यो सुनेर सबैतिरबाट तालि बजे, सबै खुसी पनि भएँ तर उनीहरुले के बुझेनन् भने जर्ज बर्नाड शाँले फेरी पनि ५० प्रतिशतलाई मूर्ख नै भनेका थिए ।

एउटा गिलासमा आधा पानी भरी छ भन्नु र आधा गिलास खाली छ भन्नुमा कुनै अन्तर छैन । एउटा शाश्वत सत्य के हो भने जो आस्तिक छ उसले सकारात्मक पक्षलाई औल्याइ दिन्छ र नकारात्मक पक्षलाई सकारात्मक पक्षमा रुपान्तरण गर्न थाल्छ ।

पुनः मननीय पक्ष के छ भने सर्व साधारण मानिसहरुलाई शिक्षा दिनको लागि पनि कहिले काहीँ नकारात्मक पक्षलाई पहिले औल्याउनु पर्ने पनि हुन्छ, जसरी जर्ज बर्नाड शाँले गरेका थिए ।

अर्को एउटा सत्य घट्नामा आधारित उदाहरणले यस पक्षलाई प्रष्ट पार्न चाहन्छु त्यो के हो भने एउटी शारीरिक रुपमा बुढी भइसकेकी सुफि सन्त राधेय थिइन, उनले आफ्ना आसपासका सबैलाई ज्ञान ध्यानका बारेमा बारम्बार सिकाउँने गर्थिन् तर त्यति अपेक्षाकृत सुधार हुन सकेको थिएन, जुन गौतम बुद्धको समयमा पनि यस्तै धेरै उदाहरण पाइन्छन् । राधेयले गाउँलेलाई केही सिकाउँने उदेश्यले एउटा उदाहरण पेश गर्न थालिन् ।

उनले कपडा सिलाउने काम पनि गर्थिन्, साँझ पर्न लागेको थियो, ती बुढी साधु सुफि सन्त बाहिर जाडोमा केही खोजि रहेकी थिइन्, नजिकका छिमेकीहरुले सोधे के भयो माता ? उनले भनिन् मेरो सियो हरायो, वरपरका सबै मानिसहरु मिलेर त्यो सियो खोज्न थाले ।

अनेक प्रकारका लाइटहरु प्रयोग गरी लामो समय खोजे तर सियो भेटिएन, अनि त्यहीँ भएका मानिसहरु मध्ये एक जनाले सोध्यो माता खास गरिकन कहाँनिर खसेको थियो सियो हजूरलाई याद छ, माताले निसङ्कोच भनिन् – मलाई एकिन छ सियो कहाँ खसेको हो भन्ने, फेरी ती व्यक्तिले सोधे “भन्नुहोस् त सियो कहाँनिर खसेको हो, ती सन्तले यहाँ आऊ त बाबु भनेर आफ्नो कुटीभित्र बोलाइन् र आफू सुत्ने आसनको छेउमा देखाएर भनिन्, सियो यहाँनिर खसेको हो ।”

सबै जना हैरान भए, माता सियो भित्र खसेको बाहिर खोजेर भेटिन्छ त ? उनले भनिन् आजसम्म मैले जे जति सिकाए यही त भएको छ, मैले पनि त्यही गरे त्यो सत्य हो कि होइन भनेर जान्नको लागि भनिन् । यसबाट के सावित हुन्छ भने आफ्नो जिम्मेवारी के हो भन्ने बारेमा हामीहरु सचेत हुनु जरुरी छ । मानिसले आफ्ना दुर्गुणलाई कसैले नऔल्याइ दिए हुन्थ्यो भन्ने ठान्छन् जुन ठूलो भूल हो । गुरु त्यो हो जसले गल्तीहरु औल्यायी दिन्छ नकि गल्तीहरुलाई ढाकछोप गर्छ ।

आन्तरिक रुपमा मानिसले जिम्मेवारी बोध नगरेसम्म उसलाई बाह्य रुपमा नियमबाट नियमन गर्न सकिँदैन । आन्तरिक रुपमा जिम्मेवारी बोध गर्नु भनेको जागरणमा आउनु हो । जिम्मेवारी जागरण हो, अनुशासन होइन, अनुशासन अरुद्वारा दिइन्छ तर जागरण स्वयम्ले बोध गर्ने शाश्वत सत्य हो ।

जिम्मेवारी निदाएको बाहना गरे जस्तो हुनु हँुदैन, जिम्मेवारी बोध कि त निदाएकाले गर्न सक्दछ कि त व्युझेकाले गर्न सक्दछ । जिम्मेवारी व्यक्तिको श्वास श्वासमा र रक्त सञ्चारमा हुनु पर्छ ।

अभ्यास ज्ञानले जिम्मेवार भइँदैन, विवेक ज्ञान हुनु जरुरी छ, अभ्यास ज्ञानले पण्डित भइन्छ तर जिम्मेवारी बोध गर्न सकिँदैन, अभ्यास ज्ञानले पुराजी भइन्छ तर पूजक हुन सकिँदैन । जिम्मेवारी कुनै पाठ कण्ठष्थ गर्नुमा होइन, जिम्मेवारी आन्तरिक रुपमा हृदयष्थ गर्नुमा छ । जिम्मेवारी हृदयमा हुनु पर्छ, भावनामा हुनु पर्छ, जबसम्म व्यक्तिमा सही प्रकारको समझ्दारी हुँदैन, ऊ जिम्मेवार हुन सक्दैन । समभ्mदारी, जिम्मेवारी र ईमान्दारी व्यक्तिका आन्तरिक गहनाहरु हुन् ।

जिम्मेवारी भनेको कार्य पूरा गर्ने क्षमता हो । जिम्मेवारी भनेको ऋबउबअष्तथ तय चभकउयलकभ हो । जिम्मेवारी भनेको आफ्नो जिम्मामा आएका कुनै पनि कार्यहरुलाई पूर्ण रुपमा आफ्नो नै हो यसलाई कुनै पनि हालतमा पूर्ण गर्ने मेरो कर्तव्य हो भन्ने बोध गर्नु नै जिम्मेवार हुनु हो र त्यो नै त्यो व्यक्तिको जिम्मेवारी हो ।

२) अनुशासन (Discipline)

 अनुशासन समय सापेक्ष हुन्छ, यसको अर्थ समय अनुसार फरक फरक हुन्छ र यो सापेक्ष सत्य हो, शाश्वत सत्य होइन । जब व्यक्ति आपैmमा अनुशासित हुन्छ, त्यो अनुशासन होइन वा त्यसलाई अनुशासन भनिदैन, त्यसलाई जागरण भनिन्छ । यसको अर्थ व्यक्ति स्यम्मा जागृत भयो । 

व्यक्ति आफैमा अनुशासित हुनु भनेको सैद्धान्तिक पक्ष होइन, व्यबहारिक पक्ष हो, आदर्श होइन – यथार्थ हो । आजसम्मको इतिहासमा के दोहरिएको छ भने अनुशासन अरुद्वारा दिइएको छ र व्यक्ति त्यसैमा रमेको छ ।

हामीहरुले समूहमा रहँदा कुनै पनि गल्ती गर्नबाट डराउँछौँ किनकि अरुले के भन्लान तर त्यही डर जब आन्तरिक समझ् बन्छ र एक्लै हुँदा पनि हामीहरुले नराम्रो काम गर्न हुँदैन भन्ने सोच पैदा हुन्छ, त्यो जागरण हो ।

हामीहरुले इतिहास पढ्ने होइन कि इतिहास कोर्ने हो, इतिहास बनाउने हो । हामीहरुले बनाएको बाटोमा हिड्नेमात्र होइन कि बाटो बनाउने पनि हो । अनुशासन भनेको अरुद्वारा थोपरिएको बन्धन हो, अनुशासन भनेको अरुद्वारा दिइन्छ, अनुशासन सिँढी हो, पुल हो । कुनै व्यक्ति पनि सिँढीमा वा पुलमा सुत्दैनन्, कुनै व्यक्तिले पनि सिँढीमा वा पुलमा घर बनाउँदैनन् ।

पुल पार गर्नको लागि हो, सिँढी माथि चढ्न र तल ओर्लनको लागि हो । सबैले बुभ्mनु पर्ने के हो भने यदि कुनै व्यक्ति अनुशासनमा मात्रै रहन्छ भने उसले धेरै उतार चढाब भोग्नु पर्ने हुन्छ । बाटो वा सिँढी कुनै एक व्यक्तिको साझा सम्पत्ती होइन, त्यस्तै पुल पनि कुनै व्यक्तिको नीजि सम्पत्ती होइन ।

यदि कुनै पनि व्यक्तिले पुलमा घर बनाउँछ भने त्यो सुरक्षित रहन सक्दैन । त्यस्तै गरेर कुनै व्यक्तिले सिँढीमा घर बनाएर सुत्दछ भने उसको अहंकारलाई त ठेश पुग्छ नै किनकि त्यो सिँढीमा धेरैले जुत्ताले टेकेर हिड्दछन्, जो त्यहाँ छ, उसको टाउकोमा धेरैका जुत्ता परेका हुन्छन्, खुट्टा परेका हुन्छन् । व्यक्तिको बुद्धि मत्तता के हो भने अनुशासनलाई सिँढीको रुपमा लिएर जागरणसम्म पुग्नु । 

३) ईमान्दारी/जागरण (Honesty/Awareness)

भावनात्मक धरातलमा होइन कि यथार्थ धरातलमा उभिएको सत्यको सामना गर्नु र काम गर्नु नै सच्चा ईमान्दारी हो । म नास्तिक होइन र आस्तिक पनि होइन ।

यसको अर्थ म यी दुबैको साक्षी हुँ, मैले आस्तिक हुँ भनुँ भने तपाईको बुझाइ यो नास्तिकको विरोधी हो रहेछ भन्ने हुन्छ तर आस्तिक हुनुको अर्थ नास्तिकको विरोधी हुनु होइन भन्ने समझ् तपाई सामु राख्नको लागि मैले यसो भनेको हुँ । पानीको के रङ्ग हुन्छ ? तर जुन रङ्ग मिसायो त्यही रङ्गको देखिन्छ । मानिस स्वयम्मा अविभाज्य हो, हो म त्यही हुँ र तपाइ पनि त्यही नै हो, त्यसलाई जान्नु पर्दछ ।

केही सकारात्मक र नकारात्मक पक्षहरुलाई समेत हामीहरुले देखेका छौँ, हरेक क्षेत्रमा बत्तिको मुनि पनि अध्यारो हुन्छ भन्ने कुरा शाश्वत सत्य हो । ईमान्दारी भनेको प्रत्येक क्षण क्षणमा जीवन जिउनु र जीवनको विरुद्ध कुनै पनि आचरण नगर्नु पनि हो ।

ईमान्दारीता भन्नु कुनै गणित होइन, दुई र दुई जोड्दा चार हुन्छ भने जस्तो । ईमान्दारीता भन्ने व्यापक क्षेत्र हो, यो हरेक मुलुक र अवस्था अनुसार फरक पर्न सक्छ । मानिसको मूल्य र मान्यतालाई बुझ्नु भनेको सच्चा ईमान्दारीता हो, यसको अर्थ आफ्नो जीवनको बारेमा अनभिज्ञ रहनु भनेको भने होइन । 

ईमान्दारी हृदयको गुण हो, आन्तरिक गुण हो, ईमान्दारी अभ्यासबाट भएर पुग्दैन, ईमान्दारी विवेकपूर्ण हुनु पर्छ । विवेकपूर्ण कसरी हुन्छ भन्ने प्रश्न उठ्न सक्छ, अभ्यासबाट सिकेका जति पनि विषय वस्तुहरु छन्, तिनीहरुलाई व्यबहारिक रुपमा उतार्नु नै विवेकपूर्ण ज्ञान हो ।

विवेक पूर्ण ज्ञान भनेको स्वयम्मा जागृत हुनु हो वा स्वयम्प्रति नै ईमान्दार हुनु हो ।  ईमान्दारी व्यक्तिको श्वास श्वासमा र रगत रगतमा हुनु जरुरी छ । ईमान्दार व्यक्तिले समभ्mदारी र जिम्मेवारी बोध गर्नु जरुरी छ, तबमात्र ऊ ईमान्दार हुन सक्छ ।

बाहनामा ईमान्दार हुनेहरु प्रशस्तै देख्न पाइन्छ तर तिनीहरु अति नै खतरनाक हुन्छन् किनकि धोका नजिकको व्यक्तिबाट पाइन्छ, आफ्ना भनिएका व्यक्तिहरुबाट पाइन्छ । आफ्नाबाट नै बच्न कठीन छ, शत्रुसँग त जो कोही पनि साबधान भएकै हुन्छ तर जसलाई भरोसा गरेका हुन्छौ उसैबाट नोक्सानी पुगेको आजसम्मको मानव इतिहास साक्षी छ । घरका भेद लङ्का जलाए भनिन्छ नि, त्यही हो ।

यस समाजमा विभिषणको पनि कमी छैन र धोवीको पनि कमी छैन । अज्ञानी ईमान्दार हुन सक्छ तर अहंकारी ईमान्दार हुन सक्दैन, ईमान्दार भएको बाहना गरेको व्यक्ति ईमान्दार हुन सक्दैन किनकि ऊ अहंकारले भरपुर हुन्छ । सबैभन्दा खतरनाक भनेको अहंकार हो, अज्ञान होइन । अज्ञानी ज्ञानी बन्न सक्छ र ईमान्दार हुन सक्छ तर अहंकारी न त ज्ञानी बन्न सक्छ न त ईमान्दार नै बन्न सक्छ ।

जसको मन मस्तिष्क अहंकारले भरिएको हुन्छ, त्यसमा राम्रा गुणहरु रहने ठाउँ नै हुँदैन । ईमान्दारीता भनेको हृदयष्थ गर्नु पर्दछ, यो हृदयको गुण हो । राम्रा राम्रा विषयहरुलाई कण्ठष्थ गर्दैमा उसलाई ईमान्दार मान्न सकिँदैन ।

राज्यका कुनै पनि व्यक्तिले आफ्नो कार्य गर्दा ईमान्दारी पूर्वक गरेको छ कि छैन भन्ने पक्ष महत्वपूर्ण हो तर त्यसरी पहिले जो कोहीलाई पनि आरक्षणको दृष्टिकोणले माथि पुर्याइ दिने अनि उसबाट ईमान्दारपूर्ण व्यबहार चाहनु भनेको डोकामा दुध दोहेर दुधको आशा गर्नु जस्तै हो, यसको लागि पात्र राम्रो हुनु जरुरी छ । व्यक्ति यदि स्वयम्मा ईमान्दार छ भने उसबाट अनावश्यक कार्य हुनै सक्दैनन् ।

अनुशासनलाई आत्मसात गरेर अनुशासनलाई सैद्धान्तिक रुपमामात्र नभएर व्यबहारिक रुपमा उतार्नु नै जागरण हो । जसरी अभ्यास ज्ञानलाई व्यबहारमा उतार्न वित्तिकै त्यो विवेक ज्ञानमा रुपान्तरित हुन्छ । यसैलाई जागरण र ईमान्दारीता भनिन्छ, कारण जसले जागरणमा ईमान्दार भएर कर्म गर्दछ त्यसलाई ११ वटा बुँदामा समेट्न सकिन्छ

– जागरण र र्ईमान्दारीताले कुनै पनि कार्य गर्नमा आधिकारिकता दिन्छ  ।
– जागरण र ईमान्दारीताले कर्म गर्नमा साहसी बनाऊँछ ।
– जागरण र ईमान्दारीताले आफ्नो आत्माभन्दा ठूलो केही होइन भन्ने समभ्m दिन्छ ।
– जागरण र ईमान्दारीताले प्रेमपूर्ण हुन सहयोग गर्दछ ।
– जागरण र ईमान्दारीताले परिपक्वता दिन्छ ।
– जागरण र ईमान्दारीताले विश्व बन्धुता, भाइचारा र अन्तर सम्बन्धमा बृद्धि गर्छ ।
– जागरण र ईमान्दारीताले स्वतन्त्रतामा बृद्धि गर्छ ।
– जागरण र ईमान्दारीताले आत्मा शुद्धितिरको यात्रामा लैजान्छ ।
– जागरण र ईमान्दारीताले प्राणीमाथि दयाभाव जगाउँछ ।
– जागरण र ईमान्दारीताले समस्याभन्दा माथि उठाउँछ ।
– जागरण र ईमान्दारीताले मृत्युको भयबाट मुक्ति दिलाउँछ ।

सनातन हिन्दू धर्म सँस्कृति भनेको आत्मा हो, शारीरिक तलमा हामीहरुले महिला र पुरुषको भेद देख्छौँ, मानसिक तलमा हामीहरुले विभिन्न धर्म सम्प्रदायको भेद देख्छौँ तर आत्मिक तलमा कुनै भेद रहँदैन यसलाई आत्मासात गरौँ । बादलभन्दा माथि पानी पर्दैन, आध्यात्मिक यात्रा क्उबअभ को यात्रा हो त्यसमा पनि बादल माथिको – “नभ पतन्यात्मा समं पततीर्ण ।”

पखेटा हुनेहरुलाई आकासमा उड्ने स्वतन्त्रता छ तर कुन कति उचाइमा र तिव्र गतिमा उड्न सक्छ भन्ने उसको क्षमतामा भर पर्ने शाश्वतता हो । एउटा अर्को शाश्वत सत्य के हो भने जति सुकै उचाइबाट उडे पनि र जति सुकै तिब्र गतिमा उडे पनि त्यो उड्ने पंक्षी होस् वा मानव निर्मित यन्त्र त्यो आकासभन्दा बाहिर भने जान सक्दैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan